logo
मंगलबार, कार्तिक ११ २०८३

कमलका स्वास्थ्यकर्मीलाई जिन्सी तथा स्टोर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान


  • कुइनेटो न्युज
  • शनिबार, भाद्र ६ २०८३

कमल।  झापाको कमल गाउँपालिकामा  स्वास्थ्य संस्थाबाट हुने जिन्सी तथा स्टोर व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले PAMS V2 सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कमल गाउँपालिकाअन्तर्गतका ८ वटै स्वास्थ्य संस्थाका प्रमुख, स्टोर/जिन्सी शाखाका प्रमुख तथा फोकल पर्सन र फार्मेसीका कर्मचारीहरूको सहभागितामा अभिमुखीकरण सञ्चालन गरिएको हो।

कार्यक्रममा स्वास्थ्य कार्यालय, झापाका युवनाथ बरालले PAMS V2 प्रणालीको प्रयोग, स्वास्थ्य संस्थामा जिन्सी तथा औषधि व्यवस्थापन, अभिलेख राख्ने प्रक्रिया तथा प्रणालीको प्रभावकारी प्रयोगलगायतका विषयमा प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।

अभिमुखीकरणले स्वास्थ्य संस्थामा रहेका औषधि, स्वास्थ्य सामग्री तथा अन्य जिन्सी सामग्रीको व्यवस्थित अभिलेखीकरण, भण्डारण, माग तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले PAMS V2 को प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गर्नुका साथै प्रणाली सञ्चालनका क्रममा देखिने समस्या तथा समाधानका विषयमा समेत छलफल गरेका थिए।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend