logo
सोमबार, कार्तिक १० २०८३

दमक ६ मा तेजस डेन्टल क्लिनिक सञ्चालनमा


  • सुर्य तिम्सिना
  • शुक्रबार, भाद्र ५ २०८३

दमक/ झापाको दमक नगरपालिका–६, बेलडाँगी रोडस्थित केडी कम्प्लेक्समा तेजस डेन्टल क्लिनिक सञ्चालनमा आएको छ ।

दक्ष तथा अनुभवी चिकित्सकमार्फत आधुनिक प्रविधिको प्रयोग गरी गुण्णस्तरीय, सहज र विश्वासिलो दन्त उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
झापाको दमक ६ बेलडाँगि रोडमा तेजस डेन्टल क्लिनिक सेवा सन्चालनमा आएको छ । दमक नगरपालिका नगर प्रमुख राम कुमार थापाले तेजस डेन्टल क्लिनिक र बबल बिज क्याफेको एकै साथ उद्घाटन गरेसँगै बिधिवत रुपमा सेवा शुरु भएको हो । ब्यापार ब्यावसाय को तरलताको अवस्थामा पनि डेन्टल क्लिनिक तथा क्याफे सन्चालन गरि ब्यापार ब्यावसायका क्षेत्रमा आफनो भविश्य खोज्न तत्पर युवाहरुलाई कर तथा कानुनि प्रकृया पुरा गरि ब्यापार ब्यावसाय सन्चालन गर्न शुभकामना दिनु भयो ।

डेन्टल सञ्चालनमा आएसँगै स्थानीय नागरिकले दाँत तथा मुखसम्बन्धी उपचारका लागि सहज रूपमा विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ । दन्त स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनुका साथै आधुनिक प्रविधिमार्फत प्रभावकारी उपचार प्रदान गर्ने क्लिनिकको लक्ष्य रहेको सञ्चालकले बताएका छ । तेजस डेन्टलले सेवा सञ्चालनमा आउनुअघि नै झापा, मोरङ र इलामका विभिन्न पालिकामा रहेका संघ–संस्थासँग दन्त उपचार सेवामा सहकार्यका लागि समझदारीसमेत गरेको जनाएको छ। समझदारीअनुसार सम्बन्धित संघ–संस्थासँग आबद्ध नागरिकलाई एक वर्षसम्म दन्त उपचार सेवामा २० प्रतिशत छुट तथा सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको बताइएको छ ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले व्यवसायीको हित र अधिकारका लागि संघले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले सबै व्यवसायीलाई उद्योग वाणिज्य संघमा आबद्ध हुन तथा व्यवसायलाई आन्तरिक राजस्व कार्यालयमा दर्ता गरी सञ्चालन गर्न आग्रह गर्नुभयो।
तेजस डेन्टलका सञ्चालक कमल गैरेका अनुसार दमकमा दन्त उपचारका विषयमा रहेका विभिन्न भ्रम तथा समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले तेजस् डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको बताउनुभयो। दन्त उपचार महँगो हुन्छ भन्ने आम बुझाइलाई कम गर्दै स्थानीयस्तरमै गुणस्तरीय तथा सहज उपचार सेवा उपलब्ध गराउने उद्देश्य रहेको उहाँको भनाइ थियो । क्लिनिकमा दाँतको डिजिटल एक्स–रे, कम्पोजिट फिलिङ, शल्यक्रियामार्फत दाँत निकाल्ने, बाहिरबाट लगाउने दाँत, स्थायी दाँत लगाउनेलगायत दाँतसम्बन्धी विभिन्न उपचार सेवा उपलब्ध छन । नागरिकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै आगामी दिनमा दन्त उपचारका थप सेवा तथा सुविधासमेत विस्तार गर्दै लैजाने योजना रहेको सन्चालक गैरेले बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend