logo
सोमबार, भाद्र १ २०८३

शेफ दीपक थाइल्याण्डमा ‘ग्लोबल हस्पिटालिटी एन्ड कुलिनरी एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित


  • उमानाथ भण्डारी
  • सोमबार, भाद्र १ २०८३

काठमाडौं । झापाली युवा शेफ तथा अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा सक्रिय दीपक कार्कीलाई थाइल्याण्डमा आयोजित (Nepal Thailand Friendship Festival Celebration तथा Asia Global Excellence Awards 2026) समारोहमा प्रतिष्ठित Global Hospitality & Culinary Achievement Award बाट सम्मान  हुनुभएको छ।

झापाको माटोबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका शेफ कार्कीले नेपाली पाककला र आतिथ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने यात्रामा निरन्तर योगदान दिँदै आएका छन्। क्यानडासहित विभिन्न देशमा आफ्नो culinary expertise प्रस्तुत गर्दै आएका उनलाई अन्तर्राष्ट्रिय hospitality तथा culinary क्षेत्रमा पुर्‍याएको योगदान, व्यावसायिक उत्कृष्टता, सिर्जनशीलता, समर्पण र उच्चस्तरीय culinary standards कायम राखेको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

Worldwide Production Media Pvt. Ltd. र Himalayan Community Projectको आयोजनामा सम्पन्न उक्त समारोह नेपाल र थाइल्याण्डबीचको मित्रता, संस्कृति, प्रतिभा तथा व्यावसायिक उत्कृष्टताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

सम्मानपत्रमा शेफ कार्कीले नेपाली पाककला प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनको व्यावसायिक यात्रालाई विश्वव्यापी hospitality industry मा नेपाली जनशक्तिको क्षमता, दक्षता र योगदानको उदाहरणका रूपमा उल्लेख गरिएको छ।

१६ अगस्ट २०२६ मा थाइल्याण्डमा आयोजित समारोहमा प्रदान गरिएको यस सम्मानले झापाली तथा नेपाली युवाहरूले विश्वका विभिन्न मुलुकमा आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्दै हासिल गरिरहेको सफलता थप उजागर गरेको छ।

झापाबाट अन्तर्राष्ट्रिय culinary journey तय गर्दै क्यानडासम्म पुगेर नेपाली शेफका रूपमा आफ्नो पहिचान बनाउन सफल कार्कीको यो उपलब्धिले झापाली युवा पुस्ताका लागि पनि प्रेरणाको सन्देश दिएको छ। मेहनत, सीप, निरन्तरता र आफ्नो पेशाप्रतिको समर्पण भएमा नेपाली युवाहरूले विश्वको जुनसुकै ठाउँमा पनि आफ्नो पहिचान बनाउन सक्छन् भन्ने उदाहरणका रूपमा यस उपलब्धिलाई लिन सकिन्छ।

थाइल्याण्डमा प्राप्त यो सम्मानले नेपाली शेफ तथा culinary professionals ले अन्तर्राष्ट्रिय hospitality industry मा पुर्‍याइरहेको योगदानलाई थप स्थापित गरेको छ। नेपाली मौलिक खाना, संस्कृति र पाककला सीपलाई विश्वमाझ पुर्‍याउने अभियानमा यस्ता अन्तर्राष्ट्रिय सम्मानले नयाँ पुस्ताका शेफहरूलाई थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

सम्मान प्राप्त गरेपछि शेफ दीपक कार्कीले आयोजक संस्था, निर्णायक मण्डल, सहकर्मी शेफहरू, शुभेच्छुक तथा देश–विदेशबाट निरन्तर साथ, माया र हौसला प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्।

झापाको पहिचान बोकेर अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा अघि बढिरहेका युवा शेफ दीपक कार्कीको यो सफलता नेपाली पाककला क्षेत्रका लागि मात्र नभई सम्पूर्ण झापाली युवाहरूका लागि समेत गौरवको विषय बनेको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend