logo
शनिबार, साउन ३० २०८३

लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटनसँगै बर्थिङ सेन्टर सेवा शुभारम्भ


  • उमानाथ भण्डारी
  • शनिबार, साउन ३० २०८३

झापा  । झापाकाे कमल गाउँपालिका ६ स्थित लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, जग्गादाता सम्मान तथा बर्थिङ सेन्टर सेवा शुभारम्भ गरिएको छ।

स्थानीय नागरिकलाई सहज, गुणस्तरीय तथा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवन एक कार्यक्रमबीच कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गर्नुभएको हो।

स्वस्थ्य चौकी भवन २५ कराेड ७१ लाख ८ हजार ४३८ रुपैयाकाे लागतमा सम्पन्न भवनकाे ३ वर्ष मा बनेको
अध्यक्ष राईले पानसमा बत्ती बाल्नुका साथै   नवनिर्मित भवनको रिबन काटेर उद्घाटन गरिएको थियो ।

भवन उद्घाटन पछि  बोल्दै गाउँपालिका अध्यक्ष   हुकुमसिंह राईले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवालाई समेत थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष राईले स्थानीय नागरिकले आधारभूत स्वास्थ्य सेवा लिनकै लागि टाढा धाउनुपर्ने  वाध्यताको अन्त्य गर्दै गाउँमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ गाउँपालिका निरन्तर अघि बढिरहेको बताउनुभयो।

त्यसैगरी  बर्थिङ सेन्टर सञ्चालनले स्थानीय महिलालाई सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने विश्वास व्याक्त गर्दै   एक्स रे सेवा बिस्तारका साथै ,  लखनपुर स्वास्थ्य चौकी बाट स्वास्थ्य बिमा कार्यक्रम सन्चालन का लागि पकृया अगाडि बढाइने  समेत बताउनु भयो ।

“खुसी राखौँ बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने भावनालाई आत्मसात् गर्दै गाउँपालिकाले स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा पूर्वाधारसँगै सेवाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ।

कार्यक्रममा स्वास्थ्य संस्थाका लागि जग्गा उपलब्ध गराउने शान्तिराम कुइँकेल तथा स्व. चन्द्रकला कुइँकेल का काइला छोरा तुलसी प्रसाद कुइकेल लाई खादा दोसल्ला तथा सम्मान पत्र द्वार सम्मान गरिएको थियो।

कमल गाउपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकाल , वाणी मा वि का पुर्व प्र अ तथा समाजसेवी दिलिप सङ्रौला लगायतले  शुभकामना मन्तव्य राख्नु भएको थियाे

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीयवासी, महिला स्वास्थ्य स्वयम् सेविका, जग्गादाता, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो।

कार्यक्रमका सभाध्यक्ष तथा  ६  नम्बर वडा अध्यक्ष नगेन्द्र भट्टराईले  लखनपुर स्वास्थ्य चौकी यो अवस्था सम्म ल्याउन सहयोग गर्नुहुने सबै सहयोगी मन हरुलाइ धन्यबाद दिनुभयाे ।
स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालले स्वागत मन्तव्य राख्दै लखनपुर स्वास्थ्य चौकीको सेवा विस्तारसँगै स्थानीय नागरिकले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको बताउनुभयो। उहाँले बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएसँगै विशेषगरी गर्भवती तथा सुत्केरी महिलालाई स्थानीयस्तरमै सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमकाे सन्चालन लखनपुर स्वास्थ्य चौकी प्रमुख देवराज पराजुलीले गर्नुभएको   थियाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend