logo
शुक्रबार, साउन २९ २०८३

नेकपा मोरङको एकता बैठक सम्पन्न, ७९९ सदस्य जिल्ला कमिटीको घोषणा


  • कुइनेटो न्युज
  • शनिबार, साउन ९ २०८३

मोरङ/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति मोरङको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेकपाका प्रदेस इन्चार्ज तथा पूर्व मुख्य मन्त्री क.राजेन्द्र राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व संबिधान सभाको सदस्य एवं राष्ट्रियसभाका सदस्य गोपी अछामी, नेकपा प्रदेश सह इन्चार्ज साबित्री कुमार काफ्ले, प्रदेश संयोजक क.हर्क बहादुर नेम्बाङ “मिक्सो,” र विद्या चाम्लिङ लगायतको उपस्थिति रहेको थियो।

प्रदेशमा राजनीतिक अस्थिरता हटाउन हिजोको नमिठो अनुभव हुदाहुदै एमालेसँग सहकार्य गर्ने अबस्था आएको भनि प्रमुख अतिथि प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राईले बताउनुभयो । उनले बिगतमा अरूलाई अवसर दिएको स्मरण गराउँदै अब प्रदेशको मुख्यमन्त्रीमा नेकपाको दाबी रहेको भनी बताउनु भएको छ।

त्यस्तैगरी विभाजित वाम शक्तिलाई एक ठाउँमा ल्याएर बलियो बनाइ जनताको बलिदानबाट प्राप्त संघीय संविधानले प्रदान गरेको जनताको अधिकारको रक्षा गर्न बाम शक्तिहरू बीच एकताको आवश्यकता छ। अब प्रदेशमा बहुमत ल्याउने गरी जनस्तरमा पुग्न प्रदेश संयोजक मिक्सोले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।

कार्यक्रममा ७९९ सदस्यीय जिल्ला कमिटीको घोषणा सहित सपथ ग्रहण गरिएको थियो। विभिन्न संगठन सम्बन्धीका महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न बैठकको अध्यक्षता जिल्ला संयोजक प्रेम लिम्बूले गर्नु भएको थियो भने संचालन दिपक ढकालले गर्नु भएको थियो।

नेकपाले एकताको संदेश पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न र संगठन सुदृढीकरण गर्न एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको भनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य क. सानु कार्की बस्नेतले जानकारी दिनुभएको छ ।

उनले केन्द्रीय समिति बैठकबाट पार्टी नियमावली, पार्टीको आचार संहिता-२०८३ जारी भएको र हाल पार्टीको अनलाइनबाट सदस्यता नवीकरण तथा वितरणको कार्य समेत भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend