झापा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति झापाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेकपाका प्रदेस इन्चार्ज तथा पूर्व मुख्य मन्त्री क.राजेन्द्र राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश सह-इन्चार्ज साबित्री कुमार काफ्ले “समर” प्रदेश संसदिय दलका नेता क. इन्द्र आङ्वो “मौसम” , प्रदेश संयोजक क.हर्क बहादुर नेम्बाङ “मिक्सो,” र क. मणी कुमार साम्पाङ्ग “विजय’, क. झलक सिंह दर्लामी “सन्देश’, क. रंजित तामाङ, क. पर्शुराम बस्नेत, क. विष्णु मिश्र, क. सिपी कडरिया, क. कुसल लिम्बु, क. निरू खतिवडा “अनु” लगायतका केन्द्रिय तथा प्रदेश सदस्यहरुको उपस्थिति रहेको थियो।
सरकारको सुकूम्बासी माथिको दमन, सिमा सम्बन्धी प्रधानमन्त्रीको निर्लज्ज अभिव्यक्ति लगायतका कारणले सरकार प्रति जनताको अविश्वास बढ्दै गएको छ, अब लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य र बाम शक्तिहरूको एकता आवश्यक रहेको भनि प्रमुख अतिथि प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राईले बताउनुभयो । उनले याे प्रदेशमा अब नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्रीमा दाबी गर्दैँन तर हक लाग्छ, हक खाेज्छ । हिजोका समयमा अरू दललाई मुख्यमन्त्रीमा समर्थन गर्याै, अब पालाे हाम्राे हाे, मुख्यमन्त्री हाम्राे पार्टीले पाउनुपर्छ” भनी बताउनु भएको छ।
प्रदेश सरकार गठनका लागि अहिले पार्टीले कुन दललाई साथ र समर्थन गर्ने भन्ने विषयमा पार्टी निर्णयमा पुगेकाे छैन् । प्रदेशमा सरकार अस्थिर भएमा स्थायीत्वतर्फ लैजान शर्त सहित सत्ता साझेदारी गर्न नेकपा तयार रहेको भनी प्रदेश संसदिय दलका नेता मौसमले बताउनु भयो।

त्यस्तैगरी जनताको बलिदानबाट प्राप्त अधिकार र उपलब्धी माथि हस्तक्षेप भइ बर्तमान सरकार निरंकुश हुदै छ, यस्तो अवस्थामा नेपाली जनता चुप लागेर बस्न हुदैन अत: क्रमभंगताको लागि तयार रहन प्रदेश संयोजक मिक्सोले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।
कार्यक्रममा ७९९ सदस्यीय जिल्ला कमिटीको घोषणा सहित सपथ ग्रहण गरिएको थियो। विभिन्न संगठन सम्बन्धीका महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न बैठकको अध्यक्षता जिल्ला संयोजक क. खड्क तिम्सिना “पवन”ले गर्नु भएको थियो भने संचालन क. बिपी भट्टराईले गर्नु भएको थियो।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लगायत दश बामपन्थी घटकको गत २०८२ कार्तिक १९ मा पार्टी संयोजक क.पुष्प कमल दाहाल “प्रचण्ड” र सहसंयोजकमा क. माधवकुमार नेपाल रहने र चुनाव चिन्ह “तारा” रहने गरी एकिकरण भै नेपाली कम्युनिष्ट पार्टीको गठन भएको थियो। नेकपाले एकताको संदेश पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न र संगठन सुदृढीकरण गर्न एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको भनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य क. सानु कार्की बस्नेतले जानकारी दिनुभएको छ।
उहाँले केन्द्रीय समिति बैठकबाट पार्टी नियमावली, पार्टीको आचार संहिता-२०८३ जारी भएको र हाल पार्टीको अनलाइनबाट सदस्यता नवीकरण तथा वितरणको कार्य समेत भइरहेको जानकारी दिनुभयो।