चुलाचुली । ईलामको चुलाचुलीमा किराँत याक्थुङ लिम्बु समुदायले आफ्नो मौलिक पर्व सिसेक्वा तङनाम मनाएको छ ।
मौलिक पर्व सिसेक्वा तङनामको अवसर पारेर चुलाचुली गाउपालिकामा शुभकामना आदान–प्रदान तथा लिम्बु समुदायको साझा छाता सस्था किराँत याक्थुङ चुम्लुङ चुलाचुलीको शाखा कार्यालय समेत बिधिवत रुपमा उदघाटन गरिएको छ ।
चुलाचुली ३ रमाइलो चोक स्थित कमल केरुङको निवासमा कार्यलय स्थापना गरिएको हो ।
सोही अवसरमा किरात याक्थुङ चुम्लुङ चुलाचुलीका अध्यक्ष धनेद्र केरुङ को अध्यक्षता तथा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा कार्यलयको बिधिवत रुपमा उदघाटन गर्नुका साथै शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा चुलाचुली गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण लावतीले पालिका स्तरिय भाषा साहित्य कला सस्कृती तथा पर्यटन प्रवद्र्धन समान्वय समितीका अध्यक्ष बलिभद्र कोइराला, केरुङ समाज चुलाचुलीका अध्यक्ष मणी कुमार केरुङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
किराँत याक्थुङ लिम्बु समुदायले मनाउने चार तङनाम पर्वहरु मध्य अत्यन्तै महत्वका साथ हेरिने सिसेक्वा तङ्नाम केवल धार्मिक पर्व मात्रै नभइ प्रकृती सँगको सहअस्तित्व, सामुदायिक एकता र सास्कृतिक पहिचानको प्रतिकका रुपमा समेत लिइने गरिएको छ ।
कार्यक्रममा शुभकामना राख्दै गाउपालिका अध्यक्ष राजेन्द्र केरुङले बसोबास र समुदायको बाहुल्यताको आधारमा किरात याक्थुङ चुम्लुङ चुलाचुली गाउ समिती जुन गतीमा दौडनु पर्ने थियो त्यो अलिक थोरै र ढिलो भयो , यद्धपी ढिलो नै भएपनि सुरु भएकोमा खुशी व्याक्त गर्नु भयो ।
बसेर परम्परागत परिकार खाने तथा नाङलो ढोल झ्याम्टा बजाउदै घर बाट नकारात्मक उर्जा तथा रोग ब्यादी र अनिकाल लाई निकालेर फाल्ने प्रचलन समेत रहेको छ । किराँत लिम्बु समुदायले ताप्लेजुङ,पाँचथर,इलाम,झापा लगायतका जिल्लाहरु मा बिविध कार्यक्रम गर्दै मौलिक पर्व सिसेक्वा तङनाम पर्व मनाइएको छन् ।