logo
शुक्रबार, साउन २९ २०८३

लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा सहित नियमित सेवा शुभारम्भ


  • कुइनेटो न्युज
  • शुक्रबार, साउन १ २०८३

कमल ।झापाको कमल गाउँपालिका ६ स्थित लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा सहित नियमित सेवा शुभारम्भ भएको छ।

नवनिर्मित भवनबाट सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकले थप व्यवस्थित, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। स्वास्थ्य चौकीबाट ओपीडी सेवा, सुरक्षित मातृत्व सेवा, खोप सेवा, परिवार नियोजन, बाल स्वास्थ्य, पोषण, प्रयोगशाला,ड्रेसिङ,सुत्केरी घरभेट सेवा तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिनेछ।

स्वास्थ्य चौकीमा मेडिकल अधिकृत (डाक्टर) सहित बर्थिङ्ग सेन्टर, आकस्मिक उपचार सहित क्रमशः थप सेवा विस्तारको व्यवस्था मिलाउदै लगिने अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो।

सेवा शुभारम्भसँगै स्वास्थ्य संस्थाले समुदायलाई नजिकबाट प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको स्वास्थ्य केन्द्र प्रमुख देवराज पराजुलीले बताउनु भयाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend