logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ मा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, असार २७ २०८३

कमल । झापाकाे कमल गाउँपालिकामा  डेंगु, चिकुनगुनिया लगायत लामखुट्टेजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यलेलामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सुरू भएको छ ।

कमल गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा सञ्चालन गरिएको लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान शनिबार कमल गाउँपालिका ५  स्थित , पाडाजुङ्गी (मङ्गलबारे) मा सम्पन्न भएको छ।

कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न अभियानमा राजनीतिक दलका प्रतिनिधि, कर्मचारी,महिलास्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

अभियानका क्रममा घर आँगन तथा सार्वजनिक स्थानमा पानी जम्ने भाँडा, टायर, गमला, ड्रम, बोतल, कुलरलगायतका स्थानको निरीक्षण गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गरिएको थियो। साथै डेंगु तथा अन्य लामखुट्टेजन्य रोगबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा जनचेतनामूलक सन्देश समेत प्रवाह गरिएको थियो।

अभियानमा सहारा नेपाल, केन्द्रीय कार्यालय, झापा को प्राविधिक सहयोग रहेको थियो भने सगुन युथ क्लब, कमल ५, शान्त जीवन प्रतिष्ठान नेपाल तथा नेपाल रेडक्रस सोसाइटी, कमल पालिका शाखा ले समन्वय गरेका थिए।

कार्यक्रममा सहारा नेपालका निखिता श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी कमल शाखाका सभापति चन्द्र शाह, सगुन युथ क्लबका अध्यक्ष देवी आङ्देम्बे, लखनपुर स्वास्थ्य चौकी प्रमुख देवराज पराजुली, कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहाल, शान्त जीवन प्रतिष्ठान नेपालका सञ्चालक रोशन भट्टराई, पत्रकार विष्णु आङ्देम्बे लगायत विभिन्न संघसंस्था, व्यवसायिक क्षेत्र तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पाडाजुंगी चोक बाट सुरु भएको खोज र नस्ट अभियान मंगलमय मा बि को उत्तर भाग सम्म पुगी रवि पेट्रोल पम्प देखि पश्चिम् छेत्र सम्म पुगेको थियो । पानी जम्मा हुने बोटल टायर गमला हरुको स्थलगत अध्ययन गरि सर्च एण्ड डिट्रोय कार्यक्रम सन्चालन गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष हुकुम सिंह राई ले डेंगु नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै प्रत्येक घरपरिवारले नियमित रूपमा आफ्नो घर–आँगन वरपर पानी जम्न नदिने र लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

उहाँले स्वस्थ, सुरक्षित र डेंगुमुक्त कमल निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend