logo
शुक्रबार, साउन २९ २०८३

नेकपा पाँचथरको एकता बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, असार २२ २०८३

पाँचथर / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति पाँचथरको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेकपाका प्रदेस इन्चार्ज तथा पूर्व मुख्य मन्त्री क.राजेन्द्र राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश संसदिय दलका नेता क. इन्द्र आङ्वो “मौसम” , प्रदेश संयोजक क.हर्क बहादुर नेम्बाङ “मिक्सो,” जिल्ला इन्चार्ज, क. सिता लिम्बू र क. खेल प्रसाद वुढाथोकी “पराग” लगायत केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।

बर्तमान समयमा जनताका उपलब्धी माथि प्रहार भइरहेको बेला सो को रक्षार्थ बामशक्तीहरुको एकता आवश्यक रहेको भनि प्रमुख अतिथि प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राईले बताउनुभयो ।उनले बिगतका कमीकमजोरीलाई आत्माआलोचना गर्दै जिल्ला जिल्लामा पुगेर सगठन विस्तार अभियान समेत चलाउने भनी बताउनु भएको छ।

सामन्तवादको अन्त्य, राष्ट्रिय स्वाधीनताको रक्षा र वैज्ञानिक समाजवादको स्थापनाका लागि संघीय संविधान आएको हो संघीयतामा प्रदेश महंगो होइन, अधिकारको विभाजन र प्रादेशिक क्षमताको विकास प्रदेशको लागि चुनौतीको विषय हो भनी दलका नेता मौसमले बताउनु भयो। त्यस्तैगरी मजदुर, किसान, महिला र सिमान्तकृत समुदायको स्वतन्त्रता, हकहितका लागि कम्युनिष्ट आन्दोलन एकतावद्द हुदै आएको छ। अब, नेकपालाई आगामी निर्वाचनमा विजयको शिखरमा पुर्याउन आजैबाट सुरु गर्न प्रदेश अध्यक्ष मिक्सोले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।

कार्यक्रममा ४९९ सदस्यीय जिल्ला कमिटीको घोषणा सहित सपथ ग्रहण गरिएको थियो। विभिन्न संगठन सम्बन्धीका महत्त्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न बैठकको अध्यक्षता जिल्ला संयोजक क. मनरथ चापागाईंले गर्नु भएको थियो भने संचालन सह-संयोजक क. टीका नेम्बाङले गर्नु भएको थियो।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लगायत दश बामपन्थी घटकको गत २०८२ कार्तिक १९ मा पार्टी संयोजक क.पुष्प कमल दाहाल “प्रचण्ड” र सहसंयोजकमा क. माधवकुमार नेपाल रहने र चुनाव चिन्ह “तारा” रहने गरी एकिकरण भै नेपाली कम्युनिष्ट पार्टीको गठन भएको थियो।

हालै नेकपाले प्रदेश एकता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि प्रदेशका १४ जिल्लामा एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरे बमोजिम सुनसरी र ताप्लेजुङ जिल्लामा कार्यक्रम गरिसकेको र आगामी दिनमा अन्य जिल्लामा समेत एकता तथा प्रशिक्षण कार्यक्रम गर्ने भनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिनुभएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend