logo
शुक्रबार, साउन २९ २०८३

नेकपा ताप्लेजुङको एकता बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, असार २२ २०८३

ताप्लेजुङ/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति ताप्लेजुङको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेकपाका प्रदेस इन्चार्ज तथा पूर्व मुख्य मन्त्री क.राजेन्द्र राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश संयोजक क.हर्क बहादुर नेम्बाङ “मिक्सो,” जिल्ला इन्चार्ज क. खेल प्रसाद वुढाथोकी “पराग” लगायत केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।


देशको संविधान माथि प्रहार भइरहेको बेला भबिस्यका लागि ठोस कार्ययोजना सहित बामपन्थीहरुको एकता आवश्यक रहेको भनि प्रमुख अतिथि प्रदेश इन्चार्ज तथा पूर्व मुख्य मन्त्री राईले बताउनुभयो । उनले बिगतका कमीकमजोरीलाई आत्मालोचना गर्दै जिल्ला जिल्लामा पुगेर सगठन विस्तार अभियान समेत चलाउने भनी बताउनु भएको छ।

त्यस्तैगरी श्रमिक, किसान, उद्यमी लगायत आमनागरिकको हित र अधिकारको रक्षाका लागि नेकपा सदैव प्रतिवद्ध रहेकोले नेकपालाई २०६४ सालको भन्दा बढी विजयको शिखरमा पुर्याउन आजैबाट सुरु गर्न प्रदेश अध्यक्ष मिक्सोले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।

कार्यक्रममा २९९ सदस्यीय जिल्ला कमिटीको घोषणा सहित सपथ ग्रहण गरिएको थियो। विभिन्न संगठन सम्बन्धीका महत्त्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न बैठकको अध्यक्षता जिल्ला संयोजक क.दुर्गाहाङ चङ्वाङ्ले गर्नु भएको थियो भने संचालन सहसंयोजक क. सागरमणी गौतमले गर्नु भएको थियो।

गत २०८२ कार्तिक १९ मा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) सहित दश बामपन्थी घटकको एकिकरणबाट नेपाली कम्युनिष्ट पार्टीको गठन भएको थियो। हालै नेकपाले प्रदेश एकता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि प्रदेशका १४ जिल्लामा एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरे बमोजिम सुनसरी जिल्लामा कार्यक्रम गरिसकेको र आगामी दिनमा अन्य जिल्लामा समेत एकता तथा प्रशिक्षण कार्यक्रम गर्ने भनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश सदस्य सानु कार्की बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend