logo
सोमबार, कार्तिक १० २०८३

कमल प्याब्सनको आयोजनामा सिएएस सम्बन्धी अभिमुखीकरण तालिम प्रदान


  • उमानाथ भण्डारी
  • सोमबार, असार १५ २०८३

कमल । झापाको कमल गाउँपालिकामा संचालित निजी विद्यालयमा कार्यरत शिक्षकलाई शिक्षक अभिमुखीकरण तालिम अन्तरगत निरन्तर मूल्याङ्कन प्रणाली (सिएएस)सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

निजी तथा आवासीय विध्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलको आयोजनामा शिक्षकलाई निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको हो ।

आधारभुत तह अन्तरगत कक्षा १ देखी ५ सम्म कार्यरत १ सय ७० जना शिक्षकलाई निरन्तर मूल्याङ्कन प्रणालीको अवधारणा, उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा व्यवहारिक प्रयोगका बारेमा सहजकर्ता लक्ष्मि नेपाल र पुष्प पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

विद्यार्थीको सिकाइ उपलब्धिलाई केवल वार्षिक परीक्षामा सीमित नराखी दैनिक कक्षाकोठा गतिविधि, परियोजना कार्य, गृहकार्य, प्रस्तुतीकरण, व्यवहार, सहभागिता तथा सिर्जनात्मक कार्यका आधारमा समग्र रूपमा मूल्याङ्कन गर्नु पर्ने कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनु भयो ।

सहभागी शिक्षकलाई नयाँ पाठ्यक्रम अनुसार विद्यालयमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयन गर्ने प्रभावकारी विधि, विद्यार्थीको प्रगति अभिलेखीकरण, मूल्याङ्कनका सूचक निर्माण तथा अभिभावक सँग समन्वय गर्ने उपायबारे व्यवहारिक उदाहरणसहित प्रशिक्षण गराईएको थियो ।

तालिमले शिक्षकहरूको मूल्याङ्कन सम्बन्धी ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउनुका साथै विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ प्रक्रिया विकास गर्न, विद्यार्थीको सिकाइ उपलब्धिलाई निरन्तर सुधार गर्न तथा आधुनिक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकारात्मक सहयोग पुग्ने प्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागोले बताउनु भयो ।
व्याब्सन कमलले समयानुकूल तथा व्यावसायिक विकासमुखी तालिमहरूलाई निरन्तर रुपमा सन्चालन गदै आएको र आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहजकर्ता, सहभागी शिक्षक तथा सम्पूर्ण सहयोगीप्रति प्याब्सन कमल अध्यक्ष दिपक संग्रौलाले हार्दिक आभारका साथै धन्यवाद दिनुभयो ।

शिक्षकले पाठको अन्त्यमा विद्यार्थिकले कतिको सिक्न सके विद्यार्थीको मूल्याङ्कन अभिलेख नियमित रुपमा राखनुपर्ने हुन्छ । विद्यालयले विद्यार्थीको सिकाइको प्रमाणका रूपमा अग्रिम सिकाइ अवसर प्रदान गर्नुपर्ने हुन्छ भने सबै विद्यार्थीलाई प्रोत्साहन गर्दै समान अवसर प्रदान गर्नकालागी समेत यस्ता तालिम उपयोगी हुने प्याब्सान कमल सचिव तिलोचन गौतमले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend