logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुलीको १८ औं अधिवेशन सम्पन्न,४९,१०,८५,००० बजेट पारित


  • कुइनेटो न्युज
  • बिहिबार, असार ११ २०८३

चुलाचुली÷इलामको चुलाचुली गाउपालिकामा गाउँ सभाको १८ औअधिवेशन सम्पन्न भएको छ ।

बुधवार गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशन बाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी ४९ करोड १० लाख ८५ हजार रुपैयाको बजेट पारित गर्दै गाउँसभा सम्पन्न भएको हो ।

चुलाचुली गाउपालिकाका अध्यक्ष तथा १८ औ गाउँसभाका अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा सम्पन्न गाउँसभामा अध्यक्षले पेश गर्नुभएका बिविध पाँचवटा कार्यविधी समेत सर्वसम्मत पारित भएकोे छ ।

पारित भएका कार्यविधीहरुमा गाउँपालिकाको आ.व २०८३/ ८४ को निती तथा कार्यक्रम ,चुलाचुली गाउँपालिकाको चालु आ.व. को वास्तविक आयब्यय बिवरण सहित आ. व २०८३/०८४ को बजेट बक्तब्य ,लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सम्वन्धी ऐन २०८३,न्यायिक समितिले उजुरिको कारवाही किनारा गर्दा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनु पर्ने कार्यबिधी सम्बन्धी बिधेयक २०८३ र चुलाचुली गाउपालिकाको लेखा समिती गठन सम्बन्धी कार्यबिधी २०८३ समेत सर्वसम्मत पारित गरिएको छ ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष दिल कुमारी लावतीले आ.व. को वास्तबिक आयब्यय बिवरण सहित आगामी आ.व. को बजेट सभामा पेस गर्नु भएको थियो ।
उपाध्यक्षले सभामा पेस गर्नु भएको चालु आव. २०८२/८३ को जेठ मसान्त सम्म वास्तबिक व्यय विवरण ४२ करोड ८७ लाख १० हजारको ६१ दसमलव ०५ प्रतिशत खर्च भएको सभाले पारित गरेको छ ।

त्यस्तै आगामी आ..व. २०८३/८४ का लागी चुलाचुली गाउपालिका को समृद्धी बिकाश र सुशासनका लागी ४९ करोड १० लाख ८५ हजार रुपैया को बजेट सभाले परित गरेको छ ।
सभाले पारित गरेको बजेटमा चुलाचुली गाउपालिकाको कृषी, पशुसेवा ,सहकारी संघसस्था तथा पर्यटनका कार्यक्रम मा ६४ लाख बिनियोजन गरिएको छ । त्यसैगरी सामाजिक बिकास क्षेत्रमा २ करोड ९१ लाख ४८ हजार रुपैया बिनियोजन गरिएको छ । भने पुर्वाधार बिकास मा ६ करोड ४५ लाख रुपैया, बातावरणर बिपद् ब्यवस्थापन मा ५५ लाख,सस्थागत बिकास तथा सुशसन मा २७ लाख ५० हजार कार्यालय सन्चालन तथा प्रशासनिक तर्फ १० करोड ५७ लाख ८७ हजार रुपैया बिनियोजन गरिएको छ । संघ तथा प्रदेश सँग साझेदारी कार्यक्रम हरु सञ्चालन गर्नका लागी २ करोड ५५ लाख को समपुरक कोष को ब्यवस्था गरिएको छ ।


आ.व. २०८३/८४ मा बिनियोजित उक्त रकम खर्च ब्यहोर्ने श्रोत हरुमा संघिय सरकार बाट प्राप्त राजस्व बाँडाफाँड बाट ९ करोड १० लाख ८५ हजार रुपैया प्रदेश सरकार राजस्व बाडँफाँड बाट ७२ लाख ७० हजार २ सय ५० रुपैया , सँघिय सरकार बाट बित्तिय समानिकरण अनुदान ९ करोड ८० लाख, कोशी प्रदेश सरकार बित्तिय समानिकरण अनुदान ८६ लाख ७ हजार रुपैया संघिय सरकार शसर्त अनुदान बाट १८ करोड ७ लाख ,प्रदेश सरकार बाट शसर्त अनुदान ४० लाख रुपैया , संघिय सरकार समपुरक अनुदान बाट १ करोड ५५ लाख रुपैया संघिय सरकार बाट बिशेष अनुदान ४५ लाख प्रदेश सरकार बाट समपुरक अनुदान १ करोड रुपैया स्थानिय राजस्व बाडँफाडँ बाट ३ करोड ५० लाख, रुपैया गाउपालिका को आन्तरिक श्रोत तर्फ २ करोड १ लाख ९५ हजार रुपैया ,, संचित कोष मौज्दात तर्फ १ करोड १८ लाख ८६ हजार ७ सय ५० रुपैया र जनसहभागिता मार्फत ४० लाख रकम जुटने अनुमान गर्दै सो बजेट तयार पारिएको छ ।

त्यसै गरी उक्त गाउँसभाको अधिवेशनले चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडा सदस्य सुरेश थुलुङ को संयोजकत्व मा ३ सदसिय लेखा समिती समेत गठन गरेको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend