कमल । झापाको कमल गाउँपालिका ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज रक्तदान कार्यक्रम आयोजना गरेको ।
संस्थाको ९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेक्रस सोसाईटी दमक उपशाखाकाको रहेको थियो । कार्यक्रममा ३५ पौण्ड रगत संकलन भएको सस्थाले जनाएको छ ।
२०७४ सालमा स्थापना भएको सहकारीले संस्थाले बचत तथा कर्जाको कार्यक्रमका साथै समाजिक गतिविधीमा समेत विभिन्न कार्यक्रम गर्दै आएको सस्थाका अध्यक्ष दुर्गा बहादुर बानीयाले बताउनु भयो ।
कार्यक्रमको संन्चालन समितिका सदस्य लेखनाथ सुवेदीले गर्नु भएको थियो ।