चुलाचुली ÷इलामको चुलाचुली गाउपालिका मा सम्पन्न चुलाचुली गोल्डकप दोश्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले चुमेको छ ।
सोमवार सम्पन्न फाईनल खेलमा वडा नम्बर ५ लाई शुन्यका विरुद्ध ३ गोल गर्दै वडा नम्बर ४ ले उपाधी जितेको हो ।
वडा नम्बर ४ ले उपाधीका साथै नगद १ लाख रुपैयाका ,ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ५ ले नगद ५० हजारका साथै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिता अवधीभरमा ६ गोल गर्दै सर्वाधिक गोलकर्तामा वडा नम्बर ५ का जर्सी नम्बर ७ का प्रदिप न्यौपाने उत्कृष्ट हुनुभएको थियो ।
त्यस्तै उत्कृष्ट गोल रक्षक वडा नम्बर ४ का जर्सि नम्बर १६ का मनिष हिङमाङ,वेष्ट डिफेन्स वडा नम्बर ४ का जर्सि नम्बर १५ का डेनिस राई,वेष्ट मिडफिल्डर वडा नम्बर ४ का जर्सि नम्बर ८ का किस्मत लिम्बु, वेष्ट फरवार्ड वडा नम्बर ४ का जर्सि नम्बर १० का आषिश लिम्बु हुनुभएको थियो ।

चुलाचुली ३ स्थित श्री किरातेश्वर माध्यमिक बिध्यालयको खेल मैदानमा सम्पन्न फाईनल खेलमा शुभकामना राख्नुहुदै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले शहरमा मात्र केन्द्रीत रात्रीकालीन फुटवल प्रतियोगिता गाउँमा नै सन्चालन हुनु चुलाचुली गाउँपालिकाको खेलकुदको क्षेत्रमा ठुलो उपलब्धि भएको बताउनु भयो ।
त्यसैगरी माङसबुङ गाउँ गाउँपािलकाका अध्यक्ष हेमन्त राईले रातृकालिन समयमा गाउँमै फुटवल हेरेको आफ्नो पहिलो अनुभव भएको बताउदै । चुलाचुली वासीले आफ्नै मैदानमा यतिठुलो प्रतियोगिता हेर्न पाउनु भनेको खेलप्रमी हरुकालागी ठुलो उपलब्धि भएको बताउनु भयो ।
फुटवल हेर्ने सबैलाई ठुलो रहर हुन्छ तर दिउसो सबै जना आ आफ्नै काममा व्यास्त भएकोले रहर हुँदाहुँदै पनि प्रतियोगिता हेर्न आउन कसैलाई फुर्सद हुदैन त्यसैले सबैलाई उपयुक्त हुने समय रातृकालिन भएकोले हामीले पहिलो पटक चुलाचुलीमा रातीको समयमा प्रतियोगिता आयोजना गरेको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले बताउनु भयो ।

दोश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को फाईनल खेल हुनुभन्दा पहिले महिला तर्फको मैत्री पुर्ण खेल भएको थियो । चुलाचुली गाउँपालिका र कमल गाउँपालिकाका महिला टिम बिच भएको मैत्रीपुर्ण खेलमा कमल गाउँ ३ शुन्यले विजयी भएको छ ।
कमल गाउँ पालिका का तर्फ बाट जर्सि न १३ कि सन्ध्या विक र जर्सि न ११ संगम राईले २ गोल लगाउदै टिमलाई बिजय गराउनु भएको हो । विजय टिमलाई गाउपालिकाका उपाध्यक्ष दिल कुमारी योङहाङ र प्रमुख प्रशासिय अधिकृत राजकुमार शाक्यले टफि , शिल्ड र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

चुलाचुली गाउँपालिका स्तरिय युवा तथा खेलकुद समन्वय समितिका संयोजक देबेन्द्र तुम्रोक को अध्यक्षतामा सम्पन्न फाईनल खेलको उदघाटन बजागाजा र झाँकी सहित जनप्रतिनिधी ,सघ सस्थाका प्रतिनिधी, खेल प्रेमी लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सन्चालन स सचिव सन्देश रईले गर्नु भएको थियो भने स्वागत मन्तव्य समितिका सचिव उद्धव ओझाले गर्नु भएको थियो ।