logo
शुक्रबार, साउन २९ २०८३

कमलमा “न्यायमा बाह्य पहूच” कार्यक्रम सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, जेष्ठ २४ २०८३

कमल । झापा जिल्लाको कमल गाउँ पालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ । झापा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश उमेश प्रसाद लुईटेलको प्रमुख आतिथ्यतामा झापा जिल्ला अदालतले न्यायमा बाह्य पहुँच कार्यक्रम आयोजना गरेको थियो ।

अदालतको कामकारवाही र कार्य प्रक्रिया बारे जनसाधारणलाई बुझाउन नसक्दा अदालत प्रति समुदायको जनआस्थामा कमी रहेको पाईएकोले समुदायको अदालत प्रतिको बुझाइ र अपेक्षा के छ ? भनी बुझ्न र भ्रम हटाई समुदाय र अदालत बीच सुमधुर सम्बन्ध कायम गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमा न्याय प्रणाली प्रतिको समुदायको स्वामित्वभाव विकास गराउने उद्देश्यले न्यायपालिकाको रणनीतिक योजना अनुसार यो कार्यक्रम आयोजना गरिएको प्रमुख न्यायाधीश लुईटेलले बताउनुभयो ।


अदालतले आफ्नो कार्य सरल, सहज निष्पक्ष र पारदर्शि बनाउन सूचना प्रविधिको प्रयोग बढाएको, मुद्दा लाई सरल, सामान्य र विशेष मार्ग समूहमा बर्गिकरण गरेको, अनलाइन बहस र तारेख, एस एम एस सेवा, स्वाचालित पेशी लागू र इजलास छनोटमा गोला प्रथा जस्ता नविन अवधारणा अबलम्बन गर्नुका साथै कानुन व्यावसायी राख्न नसक्ने असहाय, असक्त, नाबालक, बिपन्न र थुनामा रहेका ब्यक्तिलाई कानुनी सहायता उपलब्ध गराउन बैतनिक कानुन व्यावसायी तथा स्वच्छिक कानूनी सेवा (प्रो बोनो सेवा) उपलब्ध रहेको समेत प्रमुख न्यायाधीश लुइटेलले जानकारी गराउनु भयो ।

कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले यस्ता कार्यक्रमले समुदायको अदालत प्रतिको भ्रम हटाई न्यायिक कार्य प्रतिको बुझाइ बृद्धि भएको बताउनुभयो ।

झापा जिल्ला अदालतका स्रेस्तेदार डिल्लीराम प्रसाई, न्यायिक समितिका द्वय सदस्य रविन राई र बाल कुमारी प्रसाई एवं गाउँपालिका कार्यसमिति सदस्य मनमाया सिटौला समेतको उपस्थिति रहेको न्यायमा बाह्य पहुँच कार्यक्रममा कमल गाउँपालिकाका बिभिन्न वडाका जनप्रतिनिधि, मेलमिलाप कर्ता र समाजसेवी लगायतका ५० भन्दा बढी जनसाधारणको उपस्थिति रहेको थियो ।

न्यायपालिकाको बिषयमा समस्या र गुनासा सुनी सो को सम्वोधन गर्न र न्यायमा पहुँच बढाउने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरुका अदालत प्रतिको जिज्ञासा र गुनासा सुनी अन्तरसंवाद गरी जिल्ला न्यायाधीशबाट न्यायिक समितिको कामकारवाहीको निरिक्षण समेत गरिएको थियो ।

अदालतबाट सम्पादन हुने सेवा, सूचना र प्रक्रिया बारे जनसमुदायलाई बुझाउन न्यायपालिकाको रणनीतिक योजना रहेको छ । २०६१ सालदेखि शुरु भएको र हाल पाचौं रणनीतिक योजना लागू रहेको छ । झापा जिल्ला अदालतको सेवाप्रवाह र सूचना आदी बारे जानकारी लिनु परेमा झापा जिल्ला अदालतको httpsM÷÷supremecourt=gov=np÷court÷jhapadc वेवसाइटबाट समेत हेर्न सकिने भनी अदालत प्रशासनले जनाएको छ ।
कार्यक्रमको सञ्चालन झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend