logo
सोमबार, कार्तिक १० २०८३

चुलाचुली गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु


  • कुइनेटो न्युज
  • सोमबार, जेष्ठ १८ २०८३

चुलाचुली ÷इलामको चुलाचुली गाउँपालिका मा चुलाचुलि गोल्डकप दोश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

युवा तथा खेलकुद समन्वय समितिको आयोजना तथा चुलाचुली गाउँपालिकाको आर्थिक सहयोगमा चुलाचुली ३ स्थित श्री किरातेश्वर माध्यमिक बिध्यालयको खेल मैदानमा आईतवार बाट सुरु भएको हो ।

विशेष साजसज्जा र तयारिका साथ रातृकालिन समयमा सञ्चालन गरिने उक्त प्रतियोगिता इलाम जिल्लाकै विशेष प्रतियोगिताका रुपमा लिइएको आयोजकले जनाउको छ ।

प्रतियोगितामा चुलाचुली गाउपालिका भित्रका ६ वटा वडा स्तरिय टिमका साथै कर्मचारी र भेट्रान गरि कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

पालिका स्तरिय युवा तथा खेलकुद समन्वय समितिका संयोजक डम्बर तुम्रोक को अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रम प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्गका साथै वडा नम्बर ५ का वडाध्यक्ष बबिन राई ४ नम्बर वडा का वडाध्यक्ष सागर जबेगु ३ नम्बर वडाध्यक्ष प्रेम श्रेष्ठ लगायत स्थानिय जनप्रतिनिधी तथा खेलप्रेमी हरुको उपस्थिती रहेको थियो ।


प्रतियोगिताले स्थानिय स्तरमा रहेका फुटबल खेलाडिहरुको एक आपसमा खेल कौशल आदानप्रदान गर्नुका साथै परस्पर सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने युवा तथा खेलकुद समन्वय समिती संयोजक डम्बर तुम्रोक बताउनुहुन्छ ।

पहिलो दिनको उदघाटन खेलमा वडा नम्बर ४ ले वडा नम्बर ३ लाई २–० गोल अन्तर ले पराजित गरेको छ । वडा नम्बर ४ का जर्षी नम्बर १३ का खेलाडी ओसन राइले खेलको १३ र १८ मिनेटमा गरेको २ गोल नै खेलको निर्णायक गोल बन्यो भनें खेलको म्यान अफ त म्याज समेत ४ नम्बर वडा का खेलाडी ओसन राई नै घोसित हुनभउको थियो ।

बिजेता टोलिले नगद १ लाख रुवपैयाका साथमा ट्रफी मेडल र प्रामाण पत्रका साथै उपबिजेता टोलिले नगद ५० हजार का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend