कमल । झापाको कमल गाउँपालिकामा आज लागू पदार्थ दुव्र्यसनी विरुद्ध सचेतना मुलक कार्यक्रम अन्तर्गत “प्यानल डिस्कसन इभेन्ट” सम्पन्न भएको छ ।
नेपाल स्काउट, कोशी प्रदेश स्काउट कार्यालय विराटनगरको आयोजना तथा स्थानीय स्काउट कार्यालय कमल गाउँपालिका र कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक व्यवस्थापनमा कमल गाउँपालिका ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयको सभाहलमा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम कमल गाउँपालिकामा रहेका सामुदायिक विध्यालयमा अध्यायनरत स्काउट विध्यार्र्थि, शिक्षक, स्काउर , गाउँपािलका उपाध्यक्ष स्काउटका सदस्य तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
लागू पदार्थ दुव्र्यसनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्न तथा युवापुस्तामा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यकम मेन्टर मात्रीका सुवेदीले बताउनु भयो ।

कार्यक्रममा उपस्थित कमल गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी, शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, ईलाका प्रहरी कार्यालय दमककका प्रहरी निरिक्षक नवीन राई, सशस्त्र प्रहरी पाथिभरा गणका प्रहरी निरिक्षक एवि कुमार तामाङ नेपाल स्काउट, कोशी प्रदेश स्काउट प्रदेश परिषद सदस्य माया सिवाकोटी ,नेपाल पत्रकार महासंघ कोशी प्देश परिषद सदस्य उमानाथ भण्डारी लगायतका प्यानलिष्ट संग विध्यार्थिले लागू पदार्थको असर, यसको सामाजिक तथा पारिवारिक प्रभाव, युवामा पर्ने मानसिक असर र यसको रोकथामका उपायबारे विज्ञहरुबीच छलफल तथा अन्तरक्रिय गरेका थिए।
कार्यक्रममा सहभागी विध्यार्थिलाई विद्यालय तहदेखि नै सचेतना फैलाउन सकेमा समाजमा लागू पदार्थ प्रयोग तथा दुव्र्यसन न्यूनीकरण गर्न सहयोग पुग्ने छ । सहभागीहरुलाई लागू पदार्थबाट टाढा रहन प्रेरित गर्नुका साथै सकारात्मक जीवनशैली अपनाउन उत्प्रेरणा दिने उद्देश्य कार्यक्रमले लिएको कमल गाउँपलिका उपाध्यक्ष प्रमिला तिवारी ले बताउनु भयो ।

कार्यक्रम कमल गाउँपालिकामा रहेका सामुदायिक विध्यालयमा अध्यायनरत स्काउट विध्यार्र्थि, शिक्षक, स्काउर , गाउँपािलका उपाध्यक्ष स्काउटका सदस्य तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता कार्यक्रम सम्पन्न भएकोमा कमल स्काउटका वित्तीय आयुक्त देवराज बस्नेतले धन्यवाद दिनुभयो
नेपाल स्काउटले पछिल्लो समय युवाहरु लक्षित विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमले कमल गाउँपालिका क्षेत्रमा लागू पदार्थ दुव्र्यसन विरुद्ध जनचेतना अभिवृद्धि र नियन्त्रण गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।