logo
शुक्रबार, साउन २९ २०८३

आस्था एजुकेशनल नेटवर्कमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला 


  • कुइनेटो न्युज
  • बुधबार, जेष्ठ १३ २०८३

दमक । झापाको दमकस्थित आस्था एजुकेशनल नेटवर्क अन्तर्गत सञ्चालित विभिन्न कलेज तथा शैक्षिक संस्थाहरूले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेका छन् ।

विद्यार्थीहरूको रुचि र समयको मागअनुसार व्यवस्थापन, विज्ञान, होटल व्यवस्थापन, कुकिङ तथा प्राविधिक विषयहरूमा अध्ययन गर्ने अवसर प्रदान गर्दै नेटवर्कले नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो  ।

। “असल मूल्यसहित गुणस्तरीय  शिक्षा” भन्ने नारासहित सञ्चालनमा रहेको नेटवर्कले विद्यार्थीलाई भविष्यमा सक्षम र आत्मनिर्भर बनाउने लक्ष्य लिएको  कलेजका प्राचार्य भिम पोखरेलले  जानकारी दिनुभयो ।

आस्था एजुकेशनल नेटवर्क अन्तर्गत रहेका आस्था कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट, झापा क्याम्पस, एकता एकेडेमी, पाथीभरा कुलिनरी आर्ट, युनिक कलेज तथा दमक आदर्श संस्थाहरूमा विभिन्न तह तथा संकायमा अध्ययनको व्यवस्था गरिएको छ ।

नेटवर्कका अनुसार आस्था कलेज अफ म्यानेजमेन्टमा बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको छ भने युनिभर्सल कलेजमा बीएचएम र बीआईटीएम विषय अध्ययन गर्न सकिनेछ । त्यसैगरी झापा क्याम्पसमा बीबीएस तथा +२ साइन्स कार्यक्रम सञ्चालनमा रहेको छ ।

एकता एकेडेमीमा +२ साइन्स, म्यानेजमेन्ट, एचएम, ब्युटिसियन, कुलिनरी आर्ट तथा हस्पिटालिटी म्यानेजमेन्ट विषय अध्यापन गरिने कलेजले जनाएको छ । साथै सिटिइभिटी अन्तर्गत छोटो तथा लामो अवधिका तालिम कार्यक्रम र प्रोफेशनल कुकिङ लेभल–२ को अध्ययन समेत सञ्चालन हुने जानकारी दिइएको छ ।

त्यसैगरी युनिक कलेज र दमक आदर्शमा पनि +२ साइन्स, म्यानेजमेन्ट, एचएम, ब्युटिसियन, कुलिनरी आर्ट तथा हस्पिटालिटी म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ ।

संस्थाले दक्ष, व्यावसायिक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित आधुनिक शिक्षण प्रणालीमार्फत विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिँदै आएको जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend