logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुलीमा दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ ८ २०८३

चुलाचुली |  ईलामको चुलाचुलीमा “लागूपदार्थ दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम” सम्पन्न भएको छ ।

स्थानीय स्काउट कार्यालय चुलाचुलीको आयोजनामा वडा नम्बरको सभाहलमा “लागूपदार्थ दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम”सम्पन्न भएको हो ।
कार्यक्रम स्थानीय स्काउट कार्यालय चुलाचुलीका प्रमुख आयुक्त खगेन्द्र निरौला को सभाध्यक्षता तथा चुलाचुली गाउँपालिकाका अध्यक्ष एवं स्थानीय स्काउटका प्रमुख संरक्षक राजेन्द्र केरूङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणमा औपचारिक उद्घाटन तथा दोस्रो चरणमा प्यानल छलफल आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक, स्काउट दल तथा बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले छलफलका क्रममा उठाइएका विषयहरूलाई कानुनी तथा नीतिगत रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्याक्त गनुृ भयो ।
कार्यक्रममा सहभागीहरूले लागूपदार्थ दुव्र्यसन न्यूनीकरणका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार, सुरक्षा निकाय तथा समुदायबीच सहकार्य आवश्यक रहेको जोड दिएका थिए।

स्थानीय स्काउटकी सुशासन तथा वित्त आयुक्त निरूपा दहाल ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण स्थानीय स्काउटका शैक्षिक पद्धति आयुक्त रूद्र प्रभातले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend