झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं ७ को पितृ भवनमा न्यायिक समितिको क्षेत्राधिकार र मानव अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। अर्जुनधारा नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक खड्कमाया पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलापको प्रक्रिया, मानब अधिकारको अबस्था तथा टोल विकास संस्थाको भूमिका विषयमा सहभागीहरुलाई अभिमुखीकरण भएको थियो।
उक्त कार्यक्रममा अर्जुनधारा न. पा. की उपप्रमुख पराजुलीले यस्ता कार्यक्रमबाट स्थानीय स्तरमा न्यायिक समितिको क्षेत्राधिकार र मेलमिलाप प्रक्रियाको जानकारी भै न्यायिक समितिको प्रभावकारिता अभिबृद्धि हुने र स्थानीय नेतृत्व क्षमताकोसमेत विकास हुने भनी बताउनुभयो।
अर्जुनधारा न्यायिक समितिको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा वडाका मेलमिलाप कर्ता, टोल विकास संस्थाका पदाधिकारीहरू ३० जना भन्दा बढी सहभागी भएका थिए । नगरपालिकाका अधिकृत मायाकुमारी ऐरले सन्चालन र न्यायिक समितिको सदस्य शर्मिला सुब्बाले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा ७ वडाका वडाध्यक्ष गोविन्द खतिवडा लगायतका जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो।
उक्त कार्यक्रमको झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत र बार एसोसिएसन झापाकी सहसचिव तथा महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतले सहजीकरण गर्नुभएको थियो।