दमक । झापाको दमक कोशी प्रदेश स्तरिय सह योग शिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।
महिला पतंजलि योग समिति नेपालको आयोजना दमक ६ स्थित पशुपती मन्दिरको सभाहलमा आज बाट सुरु भएको कोशी प्रशेश स्तरिय सात दिवसीय सह योग शिक्षक प्रशिक्षण तालिमको उद्घाटन दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले गर्नु भएको थियो ।
नगरपालिकाका नागरिकलाई स्वास्थ्य बनाउन नगरपालिका लागी परेको छ । पछिल्लो समय खानपान र आहार विहारका कारण मानिसमा विभिन्न समस्या आउने गरेको र त्यस बाट मुक्ति पाउने उपाय भनेकै योग भएकोले निकट भविष्य मै दमकलाई योगनगरी घोषणा गरिने नगर प्रमुख नापाले बताउनु भयो ।

“गरौं योग, रहौं निरोग” भन्ने नाराका साथ आज बाट सुरु भएको तालिममा दैनिक विहान ५ बजे देखी ७ बजे सम्म निशुल्क बृहत योग विज्ञान शिवीर सन्चालन हुन र त्यसपछि बेलुका ५ बजे सम्म सह योग शिक्षक प्रशिक्षण तालिम सन्चालन हुने र तालिमका सहभागीलाई महिला पतंजलि योग समितिका केन्द्रिय प्रभारी पुज्य साध्वी देवा दितीले सहजी करण गर्नुहुने छ ।
कोशी प्रदेश स्तरिय तालिममा २ सय जना भन्दा बढीको सहभागीता रहने महिला पतंजलि योग समिति झापाकी अध्यक्ष प्रेमकला निरौलाले बताउनु भयो ।
शिविर तथा तालिम उद्घाटनको अवसरमा प्रदेश, जिल्ला र नगर समितिका पदाधिकारी सहित योग शिक्षक गरी ५ सय जना भन्दा बढीको उपस्थिती रहेको थियो ।