कमल । कमल गाउँपालिका ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।
परीक्षामा सहभागी भएका ३७ जना विध्यार्थी शतप्रतिशत उत्तीर्ण भए संगै विध्यालयले यो नतिजा ल्याउन सफल भएको हो ।
प्रकासित नतिजा अनुसार ४.० जीपीए प्राप्त गर्दै विद्यार्थी सुमित राज बिष्ट विद्यालयकै उतकृष्ट विध्यार्थीहुन सफल हुनुभएको छ ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार १ जना विध्यार्थिले ४.० जीपीए, २९ जनाले ३.६ देखि ३.९९ जीपीए तथा ७ जनाले ३.२ देखि ३.५९ जीपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल गुणराज गिरीले जानकारी दिनुभयो ।
विद्यार्थीको मेहनत, शिक्षकहरूको समर्पण, अभिभावकहरूको साथ तथा अनुशासित शैक्षिक वातावरणका कारण विध्यालयले यस्तो नतिजा ल्याउन सफल भएको प्रिन्सिपल गिरीले बताउनु भयो ।
स्थानीय स्तरमा गुणस्तरीय शिक्षाका लागि परिचित बन्दै गएको यस विद्यालयले पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल हुनुका साथै शैक्षिक पहिचान अझ सुदृढ बनाउन सफल भएको छ ।