कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ५ ले बालबालिकालाई कम्प्युटर तालिम प्रदान गरेको छ ।

वडाका बालबालिका तथा युवाहरुको क्षमता अभिवृद्धी गर्न वडा कार्यलयको चालु आर्थिक वर्षको सिलिङ बजेट बाट बालबालिकालाई कम्प्युटर तालिम प्रदान गरिएको वडा सदस्य ओम कुमार प्रधानले जानकारी दिनुभयो ।
