कमल। झापाको कमल गाउँपालिका वडा नम्बर ५ ले कृषि औजार वितरण गरेको छ ।
वडामा भएका उत्कृष्ट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको वडा सचिव अमृत शाहाले जानकारी दिनुभयो ।
वडा कार्यलयको चालु आर्थिक वर्षको विनियोजित रकम २ लाख ५० हजार बाट वडामा भएका उत्कृष्ट व्यवषायीक कृषकलाइ वडा अध्यक्ष लाल बहादुर विष्ट, वडा सदस्य चुरुहाङ्ग लावती र ओम प्रधानले औजार वितरण गर्नु भएको थियो ।
वडा कार्यलय द्वारा वितरण गरिएको कृषि औजारले वडाको कृषि उत्पादन वृद्धी गर्न सहयोग पुग्ने वडा अध्यक्ष विष्टले बताउनु भयो ।