logo
सोमबार, कार्तिक १० २०८३

चुलाचुलीमा उभौली पर्व र बुद्ध जयन्ती मनाईयो


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख १९ २०८३

चुलाचुली । इलामको चुलाचुली गाउपालिकामा किरात राइहरुको उभौली पर्व तथा बौद्ध धर्मा वालाम्बी हरुले बुद्ध जयन्ती मनाइएका छन ।

२५७० औ बुद्धजयन्ती को अवसर पारेर चुलाचुली ३ स्थित रिङ्गछिन होइसेलिङ गुम्वामा बौद्ध धर्म गुरु हरुले बिहानै देखी पुजापाठ गर्नुका साथै शान्ती स्त्रोत वाचन गर्दै शान्ती र्याली समेत निकालिएको थियो ।

चुलाचुली गाउपालिका भित्र रहेका सम्पुर्ण बुद्धअ धर्मावालाम्बी हरुको सहभागिता मा रिङ्गछिन होइसेलिङ गुम्वा बाट निकालिएको शान्ती र्याली गाउपालिका कार्यलयको परिक्रमा गर्दै पुन गुम्वामा पुगेर समापन गरिएको थियो ।
भागअवान गौतम बुद्धको जन्म ज्ञान प्राप्ती तथा देहत्याग एकैदिन बैशाख पुर्णिमा मा भएकाले उक्त दिन बुद्ध को नाममा शान्ती स्त्रोत वाचन गर्दै पैदल हिडेमा शान्ती र मोक्ष मिल्ने बिश्वास रहेको नेपाल तामाङ घेदुङ संघ चुलाचुली का अध्यक्ष प्रेम तामाङले बताउनुभयो ।

यसै गरी किरात राइहरुले पनि शुक्रवार बैशाख पुर्णिमा लाई उभौली पर्व का रुपमा मनाएका छन । चुलाचुली गाउपालिका भित्र रहेका राइ समुदाय हरुले वडागत रुपमा उभौली पर्व मनाएका हुन ।
चुलाचुली गाउपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ नम्बर रहेका विभिन्न साकेला थान हरुमा साँस्कृतिक परम्परा अनुसार सुम्निमा पारुहाङ कोपुजा आराधना गर्दै साकेला नृत्य नाच्दै एक आपसामा शुभकामना आदान प्रदान गर्दै उभौली पर्व मनाइएको किरात राइ यायोक्खा इलाम जिल्ला सदस्य मिलन राइले बताउनु भयो ।

बैशाख शुक्ल पूर्णिमाको अवसर पारेर देशैभरका बौद्ध गुम्वा र साकेला थान हरुमा विहान नै देखी पुजाआजा गर्दै विभिन्न साँस्कृतिक कार्यक्रमा साथ पर्व मनाइएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend