झापा । झापाको कमल गाउँपालिका ३ मा सञ्चालित श्रीमद् देबी भागवत महापुराण नवाह ज्ञान महायज्ञको आयव्याय सार्वजनिक गरिएको छ ।
सिंहदेवी मन्दिर व्यवस्थापन समितिले आज बैशाख शुक्ल पूर्णिमाको अवसर पारेर विहान पुजाआजा गरि दिउसो पुराणको आयाब्याय सार्वजनिक गरिएको हो ।

एक कार्यक्रमका बिच मन्दिर व्यवस्थापन समितिका तर्फ बाट सार्वजनिक गरिएको आम्दानी तर्फ पुराण सहयोग बाट प्राप्त १३ लाख ३८ हजार १८९ , आजिवन सदस्य बाट प्राप्त १७ हजार नौ सय ४५, अक्षयकोष सदस्य बाट ३ लाख ३३ हजार २६७ , प्रसादी प्रायोजन बाट १४ हजार १ सय, भागवत भेटी संकलन बाट २९ हजार ६७५ , धानबिक्रि बाट २८ हजार ४१०, चामल विक्रि बाट १६ हजार १७५ गंगा आरती तथा सिंहदेबी आरती बाट प्राप्त ३८ हजार २१० रुपैया गरि जम्मा १८ लाख ९५ हजार ९७१ रुपैया प्राप्त भएको मुल व्यवस्थापन समितिका सचिव पुण्य प्रसाद पोख्रेलले सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी खर्च तर्फ सार्वजनिक गरिएको हिसावमा प्रचारप्रसारमा १ लाख ३२ हजार ७००, गूरु दक्षिण १ लाख ६० हजार ४२०, साउण्ड सिष्टम, टेन्ट र संगितकार २ लाख ६१ हजार ५६५, पुजा सामाग्री खरिद १६ हजार ४८५, प्रसादी वितरण ३० हजार ५३५, स्वागत तथा सम्मान तर्फ ५८ हजार ४०५, शोभायात्रा ९ हजार ५५५ रुपैया गरी जम्मा ६ लाख ६९ हजार ६६५ रुपैया खर्च गरी जम्मा बचत १२ लाख २६ हजार ३०६ रुपैया बचत सचिव पोख्रेलले बताउनु भयो ।

मन्दिरलाई आवश्यक पर्ने सभाहल निर्माणकालागी वडाको तर्फ बाट आफुले सकेको सहयोग गर्नुका साथै थप सहयोगकालागी प्रदेश सरकार संग समन्वय गर्ने कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले प्रतिवद्धता वजाउनु भयो ।
सिंहदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनराज गिरीले भक्तजनकै कारण आज यति ठुलो कार्यक्रम सफल बताउदै आगामी दिनमा समेत मन्दिरले गर्नु पर्ने अझ धेरै काम हरु छन् ,त्यसकालागी समेत तपाइहरुको साथ र सहयोग आवश्यक रहेको अध्यक्ष गिरीले बताउनु भयो ।

मन्दिर व्यवस्थापन समितिको आयोजनामा सन्चालन गरिएको पुराण बाट प्राप्त आयव्यय बुझ्न सबैलाई कौतुहल लागेको थियो तर आज सबैलाई बोलाएर हिसाव सार्वजनिक गरेकोमा सहयोग दाताहरुले मन्दिर व्यवस्थापन समितिलाइ लक्ष्मि नारायण किर्तन मण्डलीका अध्यक्ष लोकनाथ भण्डारीले बताउनु भयो ।
पुराण मा सहयोग गर्ने विभिन्न सहयोग दाताहरुलाई खादा तथा प्रमाण पत्र द्वार सम्मान सचिवालय सदस्य धान्य प्रसाद बरालले जानकारी दिनुभयो ।
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका पुर्व अध्यक्ष भोला कोईरालाले सञ्चालन गर्नु भएको थियो ।

श्रीमद् देबी भागवत महापुराण नवाह ज्ञान महायज्ञ संगितमय महापुराणको प्रमुख बाचकत्व व्यासाचार्य पं. शान्ति राम नेपाल हुनुहुन्छ भने उपवाचकत्व ं युवा व्यासाचार्य पं. प्रेम प्रसाद गौतम तथा ख्याती प्राप्त भजन गायक खेमराज भट्टराइको भजन प्रस्तुती रहेको थियो ।