चुलाचुली । किरात राई यायोक्खा चुलाचुलीको आयोजनामा आगामी बैशाख २५ गते इलामको चुलाचुली गाउपालिका उभौली पर्व मनाउने भएको छ ।
किरात राई यायोक्खा चुलाचुली गाउँ कार्यसमितिको आयोजनामा बैशाख २५ गते शुक्रबार चुलाचुली ३ स्थित चासुममाङ साकेला थानमा उभौली पर्व मनाउने भएको हो ।
किराँती हरुको यले सम्बत ५०८६ को उभौली पर्व को पावन अवसर पारेर यायोक्खा चुलाचुली गाउँ कार्यसमितीले चसुममाङ साकेलाथानको औपचारिक उदघाटन समेत गर्ने किरात राई यायोक्खाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
किरात राई यायोक्खा चुलाचुली गाउँ कार्यसमितिका उपाध्यक्ष बिकेस राइको अध्यक्ष्तमा सम्पन्न चासुममाङ थानलाइ बिधिवत र सास्कृतिक परम्परा अनुसार धरान बाट नछुङ(पुजारी) ल्याएर लोप हुँदै गरेको सास्कृतिक परम्परा संरक्षणका लागि साकेलाथानको उदघाटन गरिने उपाध्यक्ष विगेस राइले बताउनुभयो ।
त्यसै गरि उक्त कार्यक्रम का लागि आवस्यक बजेट तथा अन्य ब्यवस्थापन मा आयोजक सस्था का साथै स्थानिय सरकारस्थानिय समाजसेवी बुद्धिजिवी हरुको सहयोग रहने सस्थाकी कोषाध्यक्ष उषा राइले जानकारी बताउनु भयो
कार्यक्रममा साकेला नाच प्रस्तुतिकालागि चुलाचुली का ६ वटै वडाका साकेला टोलिहरुका साथै छिमेकी पालिका हरुबाट समेत सहभागी गराइने किरात राई यायोक्खाका जिल्ला सदस्य मिलन रुम्दाली राईले जानकारी दिनुभयो ।
पछिल्लो समय चुलाचुली गाउपालिका भित्र रहेका विभिन्न जातजाती हरुले आ आफ्नो सास्कृतिक संरक्षणका लागी भिभिन्न गतिविधहिरु सन्चालन गरिरहेको अवस्थामा राई समुदायको पालिका स्तरिय साकेला थान निर्माणको लागि चुलाचुली ३ मा रहेको सुकुना सामुदायिक बन को सिफारिसमा जिल्ला बन कार्यालय इलामको ४ हेक्टर क्षेत्रफल जमिन उपलब्ध गराएको छ ।