कमल । झापाको कमल गाउँपालिका ३ मा फिनेल बनाउने तालिम सूरुभएको छ ।
कमल गाउँपालिका ३ नम्बर वडाको आर्थिक सहयोग तथा कमल अपाङ्गता मिलिजुली समुहकोे आयोजनामा फिनेल बनाउँने तालिम सूरु भएको हो ।
“ हाम्रो लागि हामी आफैं ” भन्ने नाराको साथ अपाङ्गता भएका व्याक्तिहरुलाई लक्षित गरी ३ दिवशयि फिनेल बनाउँन तालिम सूरु भएको हो । तालिममा कमल गाउँपािलका ३ नम्बर वडामा रहेका २५ जना अपाङ्गता भएका व्याक्तिहरु सहभागी रहेका छन् । सहभागीहरुलाई सहजकर्ता प्रमिला खरेल र स्याम कुमार श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
कमल अपाङ्गता मिलिजुली समुहकोे अध्यक्ष हेम भण्डारीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष अग्नि प्रसाद कोईराला कमल अपाङ्गता मिलिजुली समुहकोे अध्यक्ष पितम्बर खड्कालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम समितिकी सचिव सरस्वती बस्नेत सञ्चालन गर्नु भएको थियो ।