कमल । झापाको कमल गाउँपालिकामा बारिस्ता निर्माण तालिम सम्पन्न भएको छ ।
कमल गाउँपालिका २ नम्बर वडाको आर्थिक सहयोग तथा उद्यमशील महिला जागरण केन्द्रको आयोजनामा सन्चालित १५ दिवशयि बारिस्ता निर्माण सम्बन्धिको तालिम आज सम्पन्न भएको हो ।

“सिप सिकौ. उद्यमशील बनौ“ भन्ने नाराको साथ सञ्चालन गरिएको तालिममा वडा नम्बर २ का ४० जना युवहरु सहभागी रहेका थिए । तालिममा सहभागी लाई अन्जल कडरियाले सहजी करण गर्नु भएको थियो ।

सहभागीलाई प्रमाण पत्र वितरण पछि आफ्नो मन्तव्यका क्रममा वडा सचिव सागर दाहालले भन्नु भयो तालिमा सिकेको सिपलाई व्यवहार प्रयोग गरेमा राम्रो प्रगति गर्न सकिन्छ । त्यसैले १५ दिन सम्म सिकेको कुरालाई प्रयोगमा ल्याउनुहोस् त्यसकालागी यो प्रमाण पत्रले धेरै सहयोग गर्ने छ अन्यथा यो प्रमाण पत्र सादा कागज बराबर हुने वडा सचिव दाहालले बताउनुभयो ।
१५ दिनको तालिम बाट धेरै कुराको ज्ञान प्राप्त भएको छ । स्वदेश मै उद्यम गर्नकालागी वा विदेशमा जाने हरुकालागी समेत तालिममले ठुलो मद्धत पुगेको सहभागी रितेश सुबेदीले बताउनु भयो ।
उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल उप्रेतीको अध्यक्षतामा सम्पन्न तालिम समान कार्यक्रममा वडा अध्यक्ष अशोक सुब्बा, सहभागी मनिका खत्री, दिल कुमार श्रेष्ठ, मनिता वि.क. लगायते आ आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रम केन्द्रकी कोषाध्यक्ष ईन्दिरा आचार्य गौतमले सञ्चालन गर्नु भएको थियो भने सदस्य हेमलता गुरागाईले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।