चुलाचुली । ईलामको चुलाचुली गाउपालिकामा बित्तिय ब्यवस्थापन तथा नेतृत्व बिकास तालिम सम्पन्न भएको छ ।
चुलाचुली गाउपालिका अन्तरगत महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजना मिलिजुली समुहका पदाधिकारीलाई लक्षित गरी तालिम सन्चालन गरिएको थियो ।
गाउपालिका भित्रका अपाङ्गता भएका ब्यक्तीहरु द्वारा सन्चालित जागृती अपाङ्गा संघ अन्तरगत स्वाबलम्बन समुहका पदाधिकारीहरुका लागी बचत तथा ऋृण ब्यवस्थापन , नेतृत्व र क्षमता बिकास सम्बन्धी पाच दिवसिय तालिम सन्चालन गरिएको थियो ।
गाउपालिकामा रहेका करिब ४ सय जना अपाङ्गता भएका ब्यक्तीहरु द्वारा सन्चालित मिलिजुली बचत कार्यक्रम अन्तरगतको जम्मा भएको रकम लाई ब्यवस्थित गर्दै सहकारीको लेखा प्रणाली बिधी द्वारा व्यवस्थापन सम्बन्धि सदस्यलाई तालिम प्रदान गरिएको जागृती अपाङ्ग संघ चुलाचुलीका अध्यक्षा चन्द्र दंगालले बताउनुभयो ।
तालिम सन्चालनको अवसर पारेर गाउपालिकामा रहेका अपाङ्गता भएका बिद्यार्थी हरुको अध्ययन लाई थप प्रविधीमैत्री बनाउने उद्धेश्यका वडा नम्बर ३ निवासी बिवश भट्टराइले एक लाख रुपैया बराबर को ल्यापटप समेत हस्तान्तरण गर्नु भएको थियो । तालिमको सहजीकरण मदन कुमार बोहोराले गर्नु भएको थियो ।