logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुलिका २२ वटा जातीय संस्थाले बुझाए अध्यक्ष केरूङलाई मागपत्र


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख १४ २०८३

चुलाचुली ।  इलामको चुलाचुली गाउपालिका भित्र रहेका  जातिय,धार्मिक तथा सास्कृतिक संघसस्था हरुले  गाउँ पालिका अध्यक्ष राजेन्द्र केरूङलाई   ज्ञापन बुझाएका छन ।

आर्थीक वर्ष 20८३/०८४ का लागी योजना छनौट तथा बजेट तर्जुमाको पुर्व सन्ध्यामा गाउपालिका भित्र रहेका विभिन्न १९ वटा जातिय संघ सस्था  किराँत याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा ,नेपाल मगर संघ, नेवा; दय दबु , ब्राम्हण समाज,इसाइ समाज,स्वर्गिक मार्ग संघ लगायतका संघसस्था हरुले आ-आफ्ना माग र राखेर गाउँ पालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाए का हुन ।

स्थानिय स्तरमा रहेका मौलिक सस्कृती,रितिरिवाज,भाषा,पर्व आदीको संरक्षण र प्रवर्द्धन गर्नु स्थानिय सरकारको जिम्मेवारी   भएका बताउदै  त्यसकालागि स्थानीय सरकारले आवश्यक सहयाेग  लागी बजेट बिनियोजन  गर्नु पर्ने भन्दै सयुक्त रूपमा माग पत्र बुझाएको हाे ।

आगामी दिनमा यस्ता मौलिक सस्कार सस्कृती संग जोडिएका संघ सस्थाहरुलाई समान रूपमा बजेट बिनियोजन गर्नुका साथै आवश्यक कानुन निर्माण गरेर आवश्यक सहयाेगका लागि   स्थानिय सरकारको योजना रहेकाले  गाउपालिका अध्यक्ष  केरूङले बताउनु भयाे ।

सामुहिक ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम मा गुरुकुल पाठशाला सन्चालन देखी भवन निर्माण र बिभिन्न जातिय पोशाक र बाजागाजाका सामाग्री खरिदका साथै सास्कृतिक प्रशिक्षण र अध्ययन केन्द्र स्थापना सम्मका माग रहेकोले   सबैलाई समेटिने अध्यक्ष  राईले बताउनु भयाे ।

   बिवस बलिभद्र कोइरालाले सहजिकरण गर्नु भएको  कार्यक्रममा  बम्हाण सेवा समाजका प्रतिनिधि लाेकनाथ पाैडेल, आधिवासी जनजाती समान्वय समिती का संयोजक मिलन राइ , मुन्धुम अध्ययन केन्द्र का संयोजक राम प्रसाद राइ लगायत ले पालिकाको यो कार्य प्रती खुशी ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend