कमल । झापाको कमल गाउँपालिका वडा नम्बर १ मा सम्पन्न जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा दमकका राजन सुबेदी प्रथम हुनुभएको छ ।
कमल गाउँपालिका वडा नम्बर १ खेलकुद विकास समितिको आयोजनामा भएको बुद्धिचाल प्रतियोगितामा दमकका राजन सुबेदी प्रथम हुनुभएको हो ।

त्यस्तै कमल गाउँपालिका वडा नम्बर १ खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न क्रिकेट प्रतियोगितामा समेत सम्पन्न भएको थियो ।
बैशाख ३ गते देखी सुरुभएको क्रिकेट प्रतियोगिताको फाईनल खेल शुक्रवार सम्पन्न भएको थियो ।
फाईनल खेलमा वडा नम्बर २ लाई पछि पार्दै वडा नम्बर १ बिजयी भएको हो । विजेता खेलाडीलाई कमल १ का वडा अध्यक्ष केदार कटुवालले मेडल, शिल्ड र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।