कमल । झापाको कमल गाउँपालिका ४ स्थित सरस्वती माध्यमिक विध्यालयले आज विभिन्न कार्यक्रम गर्दै ५० औं स्वार्णवार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विध्यालयले स्वार्णवार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर शैक्षिक सत्र २०८२ को वार्षिक परिक्षामा उत्रिण विध्यार्थि तथा विध्यालयले आयोजना गरेको विभिन्न विधाका अतिरिक्त क्रियाकलामा उत्कृष्ट विध्यार्थिलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट शिक्षक लोक बहादुर अधिकारी र शिक्षिका कमला लम्जेललाई सम्मान गर्नुका साथै विध्यालयका पुर्व प्रधानाध्यापक, विध्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष, शिक्षक अभिभाव समितिका पुर्व अध्यक्ष, पुर्व शिक्षक लगायत विध्यालयलाई विभिन्न समयमा आर्थिक सहयोग गर्ने व्याक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयका प्रधानाध्यापक हिम प्रसाद खाहाल, शम्भु थापा, पुर्व शिक्षक धर्मराज पौडेल ,ख्याम खनाल लगायतले ५० औं स्वार्णवार्षिक उत्सव तथा अभिभावक दिवस सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विध्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद रिजालले विध्यालयको सक्षिप्त गतिविधी प्रस्तुत गर्नु भएको थियो ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलख बहादुर रायमाझीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक राजीब भण्डारीले गर्नु भएको थियो भने साहायक प्रधानाध्याक रिना न्यौपानेले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।