कमल । झापाको कमल गाउँपालिकामा राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत सन्चालित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण, तथा समग्र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले हिजो बाट सूरुभएको तालिम आज सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्यकर्मी, पोषणसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीलाई स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ कुपोषणको पहिचान, वर्गीकरण, उपचार व्यवस्थापन, पोषण परामर्श, अभिलेख व्यवस्थापन तथा रिपोर्टिङ प्रणाली लगायतका विषयहरूमा सहजीकरण गर्नु भएको थियो ।

पोषणलाई मानव विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गर्दै स्थानीय तहबाट सञ्चालन हुने यस्ता कार्यक्रमहरूले दिगो स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थालाई प्राथमिकतामा राख्दै समुदायसम्म प्रभावकारी सेवा पु¥याउनुपर्नेमा उपाध्यक्ष तिवारले जोड दिनुभयो ।

आगाम बैशाख १५ गतेदेखि ३० गतेसम्म कमल गाउँपालिका समुदाय स्तरमा पोषण लेखाजोखा (Nutrition Assessment÷Screening) कार्यक्रम सञ्चालन गरिनेछ । उक्त अभियान अन्तर्गत घरदैलो तथा स्वास्थ्य संस्थामार्फत बालबालिकाको तौल, उचाइ, उमेरअनुसारको पोषण अवस्था मूल्याङ्कन गरी कुपोषणको जोखिममा रहेका बालबालिकाको पहिचान गर्नुका साथै आवश्यक परामर्श, उपचार तथा अनुगमन प्रक्रिया अगाडि बढाइने स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालले जानकारी दिनुभयो ।