झापा । झापाको कमल गाउँपालिका ३ मा सञ्चालित श्रीमद् देबी भागवत महापुराण नवाह ज्ञान महायज्ञको आज पाचौं दिन सम्म आइपुग्दा भक्तजनको उत्साहजनक उपस्थिती रहेको छ ।
श्री सिंहदेवी मन्दिर व्यवस्थापन समितिको आयोजनामा मन्दिरको घेरावारका साथै स्तरउन्नतीकालागी श्रीमद् देबी भागवत महापुराण आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनराज गिरीले बताउनुभयो ।
गत चैत २५ गते मातृका पूजन शोभा यात्रा बाट सुरु गरिएको श्रीमद् देबी भागवत महापुराण नवाह ज्ञान महायज्ञ संगितमय महापुराणको प्रमुख बाचकत्व व्यासाचार्य पं. शान्ति राम नेपाल हुनुहुन्छ भने उपवाचकत्व ं युवा व्यासाचार्य पं. प्रेम प्रसाद गौतम तथा ख्याती प्राप्त भजन गायक खेमराज भट्टराई भजन प्रस्तुती रहने मन्दिर व्यवस्थापन समितिका पुर्व अध्यक्ष भोला कोईरालाले बताउनु भयो ।

नवाह ज्ञान महायज्ञको आज पाचौं दिन सम्म आईपुग्दा २ लाख ५५ हजार रुपैया भन्दा सहयोग प्राप्त भएको मन्दिर व्यवस्थान समितिका कोषध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो ।
आगामी २०८२ साल बैशाख ३ गते पाठ कथा विश्राम पुर्णहुति तिलक प्रसाद वितरण गरी समापन गरिने पुराण आयोजक समितिले जनाएको छ ।