logo
शुक्रबार, साउन २९ २०८३

वर्तमान सतासीधाम सा. वन उपभोक्ता समुह माथी लगाएको लाञ्छना निराधार


  • उमानाथ भण्डारी
  • सोमबार, चैत्र २३ २०८२

कमल । ईलामको माई नगरपालिका ८ र झापाको शिवसताक्षी नगरपालिका ८ अवस्थित सतासीधाम सामुदायिक वन उपभोक्ता समुहका समितिले आफुमाथी लागेको लाञ्छनामा निराधार भएको बनाउनु भएको छ ।

अधिल्लो समितीले विभिन्न सामाजिक सञ्जाल मार्फत वर्तमान वनका समितिलाई विनाकुनै आधार लाञ्छना लगाएको प्रति कुनै सत्यता नभएको र यसप्रति समितिको ध्यानाकर्षण भएको आज सामुदायिक वन उपभोक्ता समुहको कार्यालय झिलझिलेमा पत्रकार सम्मेलन गरि जानकारी गराउनु भएको हो ।

गत २०८२ साल चैत १४ गते वन समुहको कार्यकक्षमा सम्पन्न २७ औं साधारण सभामा समुहका निवर्तमान अध्यक्ष ,उपाध्यक्ष र वडा सदस्यले वर्तमान कार्यसमितिका पदाधिकारी, सदस्य, लेखा समिती, सल्लाहकार समिति का साथै सब डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय ईलाम समेतको मिलेमतोमा आर्थिक अनियमितता लगायतका लाञ्छनामा कुनै सत्यता नभएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नेत्र प्रसाद तिम्सिनाले बताउनु भयो ।

वन समुहका निवर्तमान अध्यक्ष हेम बहादुर थापा , उपाध्यक्ष ख्याम बुढाथोकी लगायले उत्तेजना पुर्वक व्याक्तिगत लाञ्छना लगाउनुका साथै, तथ्यहिन र भ्रमपुर्ण कुराहरु विभिन्न सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिनुको कुनै अर्थ नभएको अध्यक्ष तिम्सिनाले बताउनु भयो । त्यसैगरी लेखा परिक्षण प्रदिवेदन अनुसार अधिल्लो समितिले ११ लाख ७४ हजार भन्दा बढी रुपैया बेरुजु देखीएको र सो रकम बुझाउनु नपरोस् भन्ने उद्देश्य बाट प्रेरित भई यो हर्कत गरेको अध्यक्ष तिम्सिनाले बताउनु भयो ।

अघिल्लो समितिले आफुहरुले गरेको गल्तिलाई ढाकछोप गर्न बर्तमान समितीलाई जुन आक्षेप लगाईको छ, यो सरासर गलत छ । बर्तमान समितिले प्रचलित वन ऐन र वन उपभोक्ता समुहको प्रचलित विधान र कार्ययोजनाको परिधिभित्र रही काम गरिरहेको छ । यदी कुनै सदस्यलाई हिसाव हेर्ने कार्यलयमा आएर हेर्न सकिनेगरी पारदर्शिताका राखिएको समितिका सल्लाहकार संयोजक ज्ञानेन्द्र बहादुर न्यौपानेले बताउनु भयो ।

अघिल्लो समिमिले पदमा रहँदा आर्थिक अनियमिता बड्दै गएपछि वन ऐन अनुसार नै वहाँहरुलाई हटाएर नयाँ समिति गठन गरिएको र यसले दुबै समिति विच विवाद श्रृजना भएको हो । अघिल्लो समितिले आफ्ना गल्लि कमजोरी ढाकछोप गर्न विभिन्न गतिविधी गर्ने गरेको छ । आफ्ना गल्ति ढाकछोप गर्न डिभिजन वन कार्यालय इलाममा मुद्धा दर्ता गरीएको भएतापनि सम्मानित इलाम जिल्ला अदालत बाट निवर्तमान समिति का अध्यक्ष, उपाध्यक्षलाई दोषी ठहर गरी बर्तमान समितिको पक्षमा फैसाला भएको लेखा समिति संयोजक रविन चन्द्र राईले बताउनु भयो ।
वर्तमान कार्य समितिको समयावदी सकिएको र यो समितिको कुनै औचित्य नरहेको भन्ने हल्लाको पछि नलाग्न समेत वर्तमान वन समितिका सदस्य यादव कुमार चाजागाईले सदस्यलाई अनुरोध गर्नु भएको छ । चापाइका अनुसार बर्तमान समितिको समयावदी संघिय सरकारको वन ऐन र कानुन अनुसार आगामी २०८३ साल मंसिर सम्म रहेको चापागाइले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend