बुटवल । रुपन्देहीको बुटवल लगायतका क्षेत्रमा आज दिउँसै अँध्यारो भएको छ ।
अँध्यारोका कारण बुटवल बजार क्षेत्रमा गुडेका गाडीहरूले दिउँसै बत्ती बाल्नु परेको थियो भने तीव्र हावाहुरीका कारण सडकमै गाडी रोक्नुपर्ने अवस्था आएको थियो ।
मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशको रुपन्देही लगायत दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा हावाहुरी चलेको छ । केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ ।
पानी पर्न थालेसँगै कालो बादल हटेर केही उज्यालो देखिन थालेको छ ।
अनलाईन खवर बाट