कमल । झापाको कमल गाउँपालका ४ स्थित फोनिक्स इङ्गलिस स्कुलले आज विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।
विध्यालयको प्राङ्गणमा भएको कार्यक्रमको उद्घाटन कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुर्य प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न संस्कार संस्कृती झल्किने गायन, नृत्यका साथै पढ्दै कमाउदै भन्ने कार्यक्रम अन्तरगत विध्युतिय समाग्री, हस्तकला , बाँसको चोया बाट निर्माति डोको, डाकर, मुढा, आर्टिटेक अन्तरगत सपिङ महल, पुल लगायत वध्यार्थी द्वारा निमार्ण गरिएका विविन्न सामाग्रीको प्रदर्शनी गराईएको थियो ।

किताबी ज्ञानका साथै यस्ता अतिरिक्त कृयाकलापले विध्यार्थीको सिकाईमा धेरै फरक पार्ने गर्दछ । अध्यायन संगसंगै विध्यार्थिले व्यवहारिक ज्ञान लिनेछन् जसका कारण भावी दिनहरुमा विध्यार्थीलाई आफ्नो संसकार संस्कृतका साथै लोपहुन लागेका समाग्रीका बारेमा समेत जानकारी हुने कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनु भयो ।

विध्यालयले हाम्रा विध्यार्थीलाई कितावी ज्ञान मात्र सिकाएका छैनौं । विध्यालयमा अध्यायनरत विध्यार्थीलाई कितावी ज्ञानका साथै हरेक हप्ता विध्यार्थीको रुची अनुसार व्यवहारीक ज्ञान समेत सिकाउने गरेका छौ । जसका कारण भोलीका दिनमा विध्यार्थीले आफ्नो संस्कार संस्कृतीका बारेमा सिक्नेछन् भने आफुलाई आवश्यक पर्ने कतिपय जिवन उपयोगी सामाग्री आफै निर्माण गर्न सक्ने गरीको शिक्षा प्रदान गरिरहेको विध्यालयका फाउण्डर प्रिन्सिपल बदिराम राईले बताउनु भयो ।

कार्यक्रममा कमल ४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई, वडा सदस्य नविन राई, व्याब्सन कोशी प्रदेश सचिव गौरिमान फागो, व्याब्सन कमल अध्यक्ष दिपक संग्रौला, सचिव त्रिलोचन गौतम, जिल्ला सदस्य युवराज बराल, सल्लाहकार विजयसेन थापा,केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देबी प्रसाद दाहाल, लागायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम विध्यालयका शिक्षक भिम प्रसाद राईले सञ्चालन गर्नु भएको थियो ।