logo
शुक्रबार, साउन २९ २०८३

झापामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण


  • कुइनेटो न्युज
  • बिहिबार, फाल्गुन १४ २०८२

झापा/ नेपाल पत्रकार महासंघ झापाको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम आज फागुन १४ गते विहीबार भद्रपुरमा सम्पन्न भएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो।प्रेस क्लव भद्रपुरको सभाकक्षमा आयोजित कार्यक्रममा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरणको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका निवर्तमान उपाध्यक्ष केशव भट्टराई र पत्रकार गणेशमान मुखियाले गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्री र चिन्तामणि दाहाल, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदिप परियार, सञ्चारिका समूह नेपाल झापाकी अध्यक्ष लीला अनमोल लगायतले सुझाव तथा मन्तव्य व्यक्त गरेका थिए।
उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत मन्तव्य , उपाध्यक्ष विनिसा गौतमले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए।
नेपाल प्रेस युनियन झापाका उपाध्यक्ष इश्वर अधिकारी, प्रेस क्लव भद्रपुरका अध्यक्ष राजबाबु शंकर, ग्रामीण प्रेस क्लव झापाका अध्यक्ष नेत्रविक्रम बिमली, अग्रज पत्रकार गोपाल गिरी, रासस झापाका कार्यालय प्रमुख दिपक चन्द लगायतको आतिथ्य रहेको अभिमुखीकरणमा जिल्लाका सक्रिय ४० पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend