दमक / नेशनल भाेलेन्टियर्स काेशी प्रदेश प्रदेश युनिफाईड कमान्ड घाेषणा कार्यक्रमकाे तयारी बैठक तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
भाेली फागुन ११ गते झापाकाे दमकमा आयाेजना गरिने भेलाकाे सम्पूर्ण तयारी पुरा भएको आयाेजकले जनाएको छ ।
नेशनल भाेलेन्टियर्सका केन्द्रीय कमान्डर, पुस्पराज श्रेष्ठले क्रान्तिकाे सज्ञा दिएर ध्वम्स बनाईएका संरचना पुनर्निर्माण गर्ने वातावरण निर्माण गरिने उदेश्यका साथै लाेकतन्त्र जीवित छ है भन्ने सन्देश दिने उदेश्य का साथ नेशनल भाेलेन्टियर्स काेशी प्रदेश प्रदेश युनिफाईड कमान्ड घाेषणा कार्यक्रमकाे आयाेजाना गरीएकाे बताउनु भयाे ।