logo
शुक्रबार, साउन २९ २०८३

ओली समक्ष ईसाई समाजको ९ बुँदे माग


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन १० २०८२

दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईसाई समाजले ९ बुँदे माग सहित ध्यानाकर्षण गराएको छ । आफ्‌नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहनु भएका ओलीलाई समाजका अगुवाहरुले भेट गरि धर्मनिरपेक्ष मुलुकमा सवै धर्म र आस्थाहरुलाई समान व्यवभार गर्ने व्यवस्था मिलाई दिन आग्रह सहित सो माग पत्र बुझाएको हो ।
समाजका नगर अध्यक्ष हेमन्त सुव्वा, सल्लाहकार आकाश थुलुङ् सहितका अगुवाहरुले ओलीलाई भेट गरि मृत्यु पछिको संस्कारका लागि समाधीस्थलको व्यवस्था, ईसाईका मुख्य पर्वलाई राष्ट्रिय पर्व र विदामा समावेश गर्ने लगायतका विषय सहितको माग पत्र बुझाउनु भएको हो ।


आसन्न प्रतिनिधी सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका ओली हाल आफ्‌नै निर्वाचन क्षेत्रमा व्यस्त रहनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend