कमल । कमल गाउँ पालिका स्तरीय लोकतान्त्रिक आदिवासी जनजाति महासंघकाे भेलाले निर्वाचन परिचालन सहयाेय कमिटी गठन गरेको छ ।
कमल ४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा सम्पन्न भेलाले नवीन राईकाे संयाजकत्वमा १९ सदस्य परिचालन सहयाेय कमिटी गठन गरेको हाे ।
अघिल्लो पटककाे भन्दा याेपटक काे निर्वाचन अलि फरक छ । यस पटककाे निर्वाचनमा पार्टी अध्यक्ष के पी अेालीलाई तपाईं हरूले जिताउनै पर्छ । अहिलेकाे निर्वाचन भनेको देश बनाउने र देश जलाउने बिचकाे भएकोले पनि अत्यन्तै महत्त्वपूर्ण छ ।
तपाईं जत्तिकाे कार्यकर्ता भएको निर्वाचन क्षेत्रबाट अेालिलाई जिताउनकै लागि म आफ्नो निर्वाचन क्षेत्र छाेडेर यहाँ आएकाे लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष पासाङ सेर्पाले भन्नु भयाे ।
अहिले संविधान संशोधन गर्ने परिस्थिति छैन । संघीय लोकतान्त्रिक गणतन्त्र आदिवासी जनजातिका लागि प्राण हो । यो व्यवस्था बचाउनुपर्छ । आदिवासी जनजातिका थुप्रै हकअधिकार संविधानमा संस्थागत भएका छन् ।
आइएलओ १६९ पनि नेपालले अनुमोदन गरिसकेको छ । कार्यान्वयनका लागि आदिवासी जनजातिहरूले दबाब सृजना गर्नु पर्ने पार्टी प्रदेश कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख भिम केरूङले बताउनु भयाे ।
त्यस्तै .यो व्यवस्था २०/२५ वर्ष मात्र रहयो भने पनि हिजोका उत्पीडित, उपेक्षित वर्ग, क्षेत्र ,समुदायमा ठूलो सकरात्मक परिवर्तन आउने छ यसका साथै आदिवासी रंगशाला नेकपा (एमाले) ले नै बनाउँछ भने । अन्य दलले राजनीतिक फाइदा लिने काम मात्र गरेछन् त्यस्तै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या हल हुनुपर्ने, नेपाल-चीनमैत्री अेोद्योगिक पार्क बन्नुपर्ने ।समेत केरूङले बतउनु भयाे।