logo
शुक्रबार, साउन २९ २०८३

एमाले अध्यक्ष अेाली झापामा जिल्ला सूर्यमय हुने दावी


  • कुइनेटो न्युज
  • शुक्रबार, माघ २३ २०८२

भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने दावी गर्नुभएको छ ।

गृहजिल्लास्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले झापा यस पटक पूर्ण रूपमा एमालेमय हुने दावी गर्नुभएको हो । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उहाँले झापालाई सूर्यमय बनाउन सबै नेता तथा कार्यकर्ता र समर्थकलाई आ(आफ्नो स्थानबाट योगदान गर्न आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष ओलीले युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउनुभयो । युवा पुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने उहाँको धारणा थियो । अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा एमाले सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाल लगायत नेता तथा कार्यकर्ता(युवाहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend