कमल । झापाको कमल गाउँपालिकाले आज बालमैत्री गाउँपालिका घोषणा भएको दोस्रो वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
“खुशी राखौं बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार” भन्ने नारा सहित दुई वर्ष अगाडी कमल गाउँपालिकालाई कोशी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो ।
कार्यक्रमको अवसर पारेर माध्यमिक विध्यालय स्तरीय एकल गायन प्रतियोगिता र गाउँपालिकामा रहेका सामुदायिक विध्यालयमा अध्यायन विध्यार्थी मध्ये २०८१ सालको एसइइ परिक्षामा सबैभन्दा धेरै जिपीए ल्याएर उत्रीण हुने एक एक जना छात्र र छात्रालाई सम्मान गरिएको थियो ।
१९ वटा विद्यालय बाट सहभागी विध्यार्थी हरु मध्ये एकल गायन तर्फ निहारीका ईङ्गलिस वोडिङ स्कुल कमल ३ की अनुश्रुती तिम्सिना प्रथम हुनुभएको छ । त्यस्तै वण्डरल्याण्ड ईङ्गलिस वोडिङ स्कुल कमल ३ का अनन्त मिश्र द्वतिय र फोनिक्स ईङ्गलिस वोडिङ स्कुल कमल ४ का साहिल राई तृतिय हुनुभएको छ भने बाँसवारी माध्यमिक विध्यालयकी दिवासा राई सान्त्वना हुनुभएको महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी सामुदायिक विद्यालय तर्फ २०८१ सालको एसइइ परिक्षामा छात्रा तर्फ सबैभन्दा धेरै जिपीए ( ३ं.९२)ल्याएर उत्रीण हुने मंगलमय माध्यमिक विध्यालय कमल ५ की गरिमा दाहाल र छात्र तर्फ सरस्वती माध्यमिक विध्यालय कमल ७ का सुभम कार्की (३.७५) लाई जनही ७५ हजार नगद सहति सम्मान पत्र द्वारा सम्मान गरिएको कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत रविन गौतमले जानकारी दिनुभयो ।
बालमैत्री गाउँपालिका घोषणा भएसगै बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासका लागि गरिएका प्रयासहरूलाई अझ प्रभावकारी बनाउँदै बालबालिकाका क्षेत्रमा काम गरिरहेको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
कार्यक्रममा शिक्षा समिति सदस्य मोहन बगाले,प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौला, सहभागी विध्यालयका प्रधानाध्यापक, बाल सञ्जालका अध्यक्ष तथा प्रतिनिधी लगाएतको उपस्थित रहेको थियो ।
कमल बाल सञ्जालकी अध्यक्ष रोजा फुएलको अध्यक्षतामा सम्पन्न कार्यक्रम गरिमा दाहाल अरुणा बस्नेतले सञ्चालन गर्नु भएको थियो ।