चुलाचुली । इलामको चुलाचुली गाउँँपालिका वडा नम्बर ३ मा रहेको श्री सिद्धेश्वर शिवपान्चायान मन्दिरको १९ औं वार्षिक उत्सबका अवसरमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सन्चालन गरिने भएको छ ।
मन्दिर संरक्षण समितीले एक कार्यक्रमको आयोजना गरी आगामी फागुन ६ गते देखी १२ गते सम्म बिश्व शान्तिको कामना श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ पुराण आयोजना गरिने आयोजक ले जनाएको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सन्चालन बाट प्राप्त रकमले मन्दिर पुन निर्माणका साथै गुरु आश्रम निर्माण गरिने आयोजक जनाईएको छ ।
चुलाचुली गाउँँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले पुराण सन्चालनका लागी शुभकामना दिनुहुँदै स्थानिय सरकारका तर्फ बाट मन्दिरलाई थप ब्यवस्थित बनाउनका लागी आवश्यक सहयोग र सहजिकरण गर्ने बताउनु भयो ।
श्रीमद भागवत सप्ताह ज्ञान महापुराण लाई अझ ब्यवस्थित बनाउनका लागी बिभिन्न उपसमिति गठनगरी जिम्मेवारी बाडफाड समेत गरिएको छ ।
२०६३ साल मा स्थापना भएको उक्त सिद्देश्वर शिव पान्चायान मन्दिर चुलाचुली गाउँँपालिकाकै सबै भन्दा पुरानो मन्दिर मानिन्छ ।
कार्यक्रममा ३ नम्बर वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ,धार्मिक सामाजिक ब्यक्तित्व लगायतको उपस्थिती रहेको थियो ।