कमल । झापाको कमल गाउँपालिकामा किशोरीहरुका लागी आत्मरक्षा तालिम सूरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा आजबाट सुरु भएको तालिमा ५ दिन सम्म सन्चालन हुनेछ ।
तालिममा सहभागी किशोरीलाई हरीमाया राई, मिना पाठक बसन्त धिमाल र चन्द्र प्रसाद राईले आत्मरक्षा सम्बन्धिका विभिन्न विषयमा सहजी करण गर्नु हुनेछ ।
गाउँपालिकाले पालिका भित्रका विभिन्नि विध्यालयमा अध्यायनरत १ सय २० जना किशोरीलाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान गर्ने लक्ष्य अन्तरगत तेश्रो चरणको तालिम सुरु गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की रिजालले बताउनु भयो ।

शहिद धर्मभक्त माध्यमिक विध्यालयका सहायक प्रधानाध्यापक मधुसुदन अधिकारीको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सचिव गौरिमान फागो, प्याब्सन कमलका सचिव तिलोचन गौतमलगाएको उपस्थिती रहेको थियो ।