कमल । झापाको कमल गाउँपालिकामा सन्चालित पालिका स्तरिय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मार्शल आर्ट बाहेका सम्पुर्ण खेल सम्पन्न भएका छन् ।
गत माघ १५ गते देखी कमल ५ स्थित निर्माणाधिन आदिबासी रङ्गशालामा सन्चालित रनिङ शिल्ड प्रतियोगिता अन्तरगत मार्शल आर्ट बाहेको नतिजा अनुसार ७ स्वार्ण ६ रजत र ४ काश्य पदक प्राप्तगरी महेन्द्र रत्न माध्यमिक विध्यालय कमल २ अग्रस्थानमा रहेको छ ।
त्यसैगरी ६ स्वार्ण ५ रजत र १ काश्य पदक प्राप्तगरी कमल ३ स्थित वण्डरल्येण्ड ईङ्गलीस बोडिङ्ग स्कुल द्वतिय स्थानमा रहेको छ भने ५ स्वार्ण ५ रजत र ४ काश्य पदक प्राप्तगरी निहारीका ईङ्गलिस वोडिङ्ग स्कुल तृतिय स्थानमा रहेको शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविन गौतमले जानकारी दिनुभयो ।

पदक बिजेता विध्यालय र विध्यार्थि, उत्कृष्ट खेलाडीलाई गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी , शिक्षा समितिका सदस्य ,प्याब्सन कोशीका सचिव गौरिमान फागो लगायतले शिल्ड, प्रमाण पत्र र पदक प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा २२ वटा विध्यालयका ३ सय बढी खेलाडी, खेल शिक्षक लगाएतको सहभागीता रहेको थियो ।

रोशन दाहाल सम्मानित हुँदै
प्रतियोगिता समापनको अवसर पारेर कमल गाउँपालिकाका भलिवल पुर्व राष्ट्रिय खेलाडी तथा हाल प्रदेशीक रेफ्री रोशन दाहाललाई दोसल्ला सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
प्रतियोगिताको थप विवरण यस प्रकार छ ।
१५०० मिटर दौडमा प्रथम
छात्रा तर्फ निहारिका अङ्ग्रेजी बोर्डिङ स्कुलकी सिम्रन बोहरा
छात्रतर्फ ज्योति माविका आयुष राई
३००० मिटर दौड छात्रा तर्फ प्रथम
नरेन्द्र जनता माविकी जमुना न्यौपाने
छात्रतर्फ कमला मदन आश्रित माविका राजीव बस्नेत
लङजम्प छात्रा तर्फ
प्रथम वन्डरल्यान्ड अङ्ग्रेजी बोर्डिङ स्कुलकी प्रीतिका मगर
छात्रतर्फ सरस्वती मावि कमल ७ का सशङक घिसिङ
छात्रातर्फ ट्रिपल जम्प प्रथम
शहिद धर्मभक्त मावि कमल ३ कि छात्रा नितु धिताल
छात्र तर्फ वन्डरलेन अङ्ग्रेजी बोर्डिङ स्कुल कमल ३ का छात्र प्रकरण राई
छात्रा भलिबल तर्फ प्रथम
प्रथम लालीमा अङ्ग्रेजी बोर्डिङ स्कुल कमल ३
द्वितीय पाथिभरा अंग्रेजी बोर्डिङ स्कुल कमल २
तृतीय निहारीका अंग्रेजी बोर्डिङ स्कुल कमल ३
छात्रातर्फ बेस्ट प्लेयर लालिमा अंग्रेजी बोर्डिङ स्कुलकी स्मारिका प्रसाई
छात्र भलिबल
प्रथम महेन्द्र रत्न मावि कमल २
द्वितीय कला मदन आश्रित स्मृति मावि कमल २
तृतीय लालीमा अङ्ग्रेजी बोर्डिङ स्कुल
छात्रतर्फ बेस्ट प्लेयर महेन्द्र रत्न माविका जितन बिसुङ्खे भएको राष्ट्रपति रनिङ शिल्ड मुल आयोजक समिति सचिवालय सदस्य मदन अधिकारीले जानकारी दिनुभयो ।