logo
शुक्रबार, साउन २९ २०८३

कमलमा “बालबालिकासँग मुख्यमन्त्री”


  • उमानाथ भण्डारी
  • शनिबार, माघ १७ २०८२

झापा । झापाको कमल गाउँपालिमा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोग तथा स्थानीय स्काउट कार्यालय कमल गाउँपालिकाको व्यवस्थापनमा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम सम्पन्न भएको हो ।
कमल गाउँपालिका २ समायगढ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयको सभाहलमा भएको कार्यक्रममा कोशी प्रदेशका विभिन्न विध्यालय बाट उपस्थित स्काउट बालबालिकाले प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्कीसँग प्रत्यक्ष संवाद गरेका थिए ।

प्रत्यक्ष संवादका क्रममा बालबालिकाले मुख्यमन्त्री कार्की संग व्याक्तिगत जिवन र उपलब्धिका साथै शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद, वर्तमान राजनिती तथा बालमैत्री निति लगायतका विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्री कार्कीले बालबालिकाका जिज्ञासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुहुँदै बालबालिकाको अधिकार, शिक्षा, सुरक्षा र नेतृत्व विकासका विषयमा प्रदेश सरकार गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले बालमैत्री प्रदेश निर्माणका लागि प्रदेश सरकार निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रमको अध्यक्ष समेत रहनु भएका प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री रामप्रसाद महतोले स्काउटले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गा प्रसाद सिग्देल, स्काउटर, स्काउट शिक्षक लगायत ३ सय जना भन्दा बढी स्काउट बालबालिकाको सहभागिता रहेको थियो

कार्यक्रमको प्रदेश अधिकृत नेपाल स्काउटका नवराज घिमिरेले सन्चालन गर्नु भएको थियो भने प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले स्वागत मन्तव्य राख्ख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend