logo
शुक्रबार, साउन २९ २०८३

कमलमा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


  • कुइनेटो न्युज
  • बिहिबार, माघ १५ २०८२

कमल । झापाको कमल गाउँपालिकामा पालिका स्तरिय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

कमल ५ स्थित आदिबासी रङ्गशालामा आज बाट सुरु भएको रनिङ शिल्ड प्रतियोगिता आगामी माघ १७ गते सम्पन्न हुनेछ ।

प्रतियोगिता अन्तरगत आज पहिलो दिन एथलेटिक्स तर्फका  खेल बिहान ११ बजे देखी र भलिबल तर्फका सबै प्रतियोगिता दिउसो १२ बजे देखी आदिवासी रंगशालामा सुरु भएका छन् ।

त्यसैगरी कबड्डि तर्फका सबै खेल माघ १६ गते बिहान ९ बजेदेखी आदिवासी रंगशालामा हुने शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविन गौतमले जानकारी दिनुभयो ।

त्यस्तै तेक्वान्दो तर्फमा सबै खेल माघ १६ गते बिहान १० बजेदेखी र कराँते तर्फमा सबै प्रतियोगिता माघ १७ गते बिहान ९ बजेदेखी कमल ५ स्थित मङलमय माध्यमिक विध्यालयको प्राङगणमा हुने अधिकृत गौतमले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend